back
CTIZAN AD

कोरोना- ३

वि.सं.२०७६ चैत १३ बिहीवार

924 

shares

कोरोनामय भो समस्त दुनियाँ,यस्को छ धेरै डर
कोरोना भयग्रस्त यो समयमा,कोही नआऊन् घर
बोलौँ फोन गरेर ढुक्क सितले,आफन्त जो छन् जति
सालोको घरमा भए पनि उतै,बस्नै दिनू श्रीमती । (१)

भन्छन् डाक्टरले कुनै किसिमको,पाईन्न रे ओखती
गर्नै पर्दछ रोकथाम सबले,बन्दै चनाखो अति
मान्छौँ है सब पाहुना भुवनका,ती ईश्वरै हून् तर
कोरोना भय ग्रस्तको समयमा, कोही न आऊन् घर। (२)

धोऊ हात मिचेर मस्त सितले,साफै गरे हर्दम
खेलाँची कहिले कतै नगरियोस्,यो हो विषैको बम
नेपाली पन काम कत्ति नपरी,जान्छन् पराई घर
यस्तो सङ्कटकालको समयमा,आए नि को बोल्छ र। (३)

बस्नू मात्र बरू पिएर जल त्यो,आनन्द मान्दै घर
‘कोरोना’ पछि लाग्छ निश्चित सखा,हिड्दै नजाऊ पर
ज्यानै हो सब थोक यो भुवनमा,ज्यानै बिना के छ र
कोरोना भयग्रस्तको समयमा,कोही नआऊन् घर। (४)

‘कोरोना’भयबाट मुक्त रहनू,सन्सारका मानव
चिन्ता त्रास बढ्यो भने मगजका,बिग्रन्छ पुर्जा सब
चिन्ता चिन्तनमा बदल्न सकियून्,त्यो रोकथामै गरी
बस्नू भैकन सावधान रितले,जानेछ कष्टै टरी। (५)

छन्द- शार्दूलविक्रीडित
भरतपुर महा नगरपालिका- १९
रामपुर,चितवन

#कोरोना#१ र #कोरोना#२- शीर्षकको कविताको को अपार सफलता पछि शार्दूलविक्रीडित छन्दको –#कोरोना-३#शीर्षकको मैले रचना गरेको कविता,सुमधुर कला र गलाकी धनी बहिनी सरु बस्नेत बाट ..

https://www.facebook.com/bidur.adhikari.5439/videos/10220102767096182/?t=0

 

वि.सं.२०७६ चैत १३ बिहीवार १८:५३ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...

गजल

गजल

मिलनकुमार ढुङ्‍गाना, झापा गधा धोएर गाई हो नभन्नू म मात्रै...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम सुखी छैन मेरो कतै जिन्दगानी सुने हुन्छ...