back
CTIZAN AD

कोरोना संक्रमित एक नर्सले गरिन् आत्महत्या

वि.सं.२०७६ चैत १३ बिहीवार

1.1K 

shares

१३ चैत्र, काठमाडौँ । इटालीमा कोरोना भाइरस संक्रमितहरुको उपचारमा खटिएकी नर्सले आफूलाई समेत संक्रमण भएको थाहा भएपछि आत्महत्या गरेकी छिन् ।

डेली मेलले जनाए अनुसार वर्ष ३४ की नर्स डेनिला ट्रेज्जीले कोरोनाको सबैभन्दा प्रभावित क्षेत्र लोम्वार्दीमा अग्रपंक्तिमा रहेर संक्रमितहरुको उपचार गरेकी थिइन ।

कोरोनाभाइरसबाट संक्रमितहरुको उपचार गर्दागर्दै म आफै संक्रमित भएँ, अब अरु मानिसहरूलाई संक्रमित गर्ने बोझ सहन सक्ने क्षमता म मा छैन। त्यसैले अरु धेरैको जीवन बचाउनको लागि आफ्नो जीवन अन्त्य गर्ने निर्णय गरे’, उनले सुसाइड नोटमा भनेकी छिन् ।

नर्सहरुको महासंघ इटालीले मृतक डेनिला ट्रेज्जी कोरोनावाट सबैभन्दा बढी प्रभावित लोम्बार्डी क्षेत्रमा अग्रसर भएको तर उनको आत्महत्याको खबरले सबै चिकित्सकहरु र सिंगो मुलुक स्तब्ध भएको जनाएको छ ।

अस्पतालका महाप्रबन्धक मारियो अल्परोनले ट्रेज्जी मार्च १० देखि घरमा बिरामी परेकी थिइन् र तर उनी निगरानीमा थिइनन् । उनको मृत्युको अनुसन्धान भैरहेको जनाइएको छ ।

एक इटालियन अनुसन्धान संस्थानका अनुसार मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार करिब ५७६० स्वास्थ्यकर्मीहरू भाइरसबाट संक्रमित भएका छन्।

वि.सं.२०७६ चैत १३ बिहीवार १८:४३ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...