१४ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बिहिवार राति शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई भेटी स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा भएको प्रगति, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन सरकार र पार्टीले लिएका पहलकदमी तथा चिनियाँ राष्ट्रपति सिजिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको पछिल्लो कुराकानी लगायतका विषयमा करिब ४० मिनेट कुराकानी भएको श्रोतले बताएको छ ।
वि.सं.२०७६ चैत १४ शुक्रवार १६:०९ मा प्रकाशित






























