back
CTIZAN AD

कतारमा कोरोनाको कहरः प्रवासी नेपाली एकता मन्च कतारका अध्यक्ष भन्छन्–सबै नेपाली सुरक्षित छौं

वि.सं.२०७६ चैत १४ शुक्रवार

744 

shares

१४ चैत, काठमाण्डौं । प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेलले कतारमा कोही पनि नेपालीमा अहिलेसम्म कोरोना संक्रमण नभएको बताएका छन् ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारी र त्यसले विश्वभरीका मानिसमा त्रास फैलाइरहेको बेला कतारमा रहेका नेपालीहरु हालसम्म सुरक्षित रहेको अध्यक्ष पोखरेलले संसारन्युजलाई जानकारी दिएका छन् ।

‘कतार सरकारले आफ्ना नागरिक र अरु देशका नागरिकलाई फरक व्यवहार गरेको छैन । यहाँका नागरिकका लागि जति सुरक्षा तथा अन्य सेवा दिएको छ त्यति नै नेपालीलाई पनि गरेको छ,’ अध्यक्ष पोखरेलले भने ।

नेपाली दूतावास कतारले पनि कोरोना भाइरस संक्रमणबाट सजग र सर्तक रहन भन्दै हरदम कतार तथा नेपाल सरकारका हरेक पटक आउने नयाँ निर्णयका बारेमा कतारवासी नेपालीलाई सूचना प्रदान गर्दै आफूलाई परेको समस्याका बारेमा दूतावासमा जानकारी गराउन भन्दै सन्देश प्रवाह गरिरहेको पनि पोखरेलले जानकारी दिएका छन् ।
पोखरेलले कतारमा बैधानिक रुपमा कार्यरत सबै नेपाली तथा अन्य देशका कामदारलाई कम्पनीले तलब नदिए पनि कतार सरकारले तलबको व्यवस्था गर्ने घोषणा गरेको पनि जानकारी दिएका छन् ।

त्यसैगरी विभिन्न व्यवसाय गरेर बसेका नेपाली तथा अन्य देशका व्यवसायीलाई पनि सम्बन्धीत कम्पनीहरुले केही महिनाका लागि भाडा मिनाहा गरेको पनि उनले बताएका छन् । ‘कतारमा आइपरेको यो विषम परिस्थितिलाई सहयोग गर्न मैले आजदेखि मेरो व्यवसाय बन्द गरे भनेर रिर्पोट दिएमा तीन महिनाका लागि (संक्रमणकाल अवधिभर) का लागि भाडा मिनाहा हुने छ ।’ अध्यक्ष पोखरेलले भने ।

अध्यक्ष पोखरेलसँग केही साता अघिमात्र कतार सरकारले नेपालीहरुलाई डिर्पोट गरेको विषयमा कुरा गर्दा उनले भने ‘मिडियामा आएजस्तो अमानविय व्यवहार गरेको जस्तो मलाई लाग्दैन, डिसेम्बर देखिनै सरकारले सूचना जारी गरेको थियो । भिडभाड नगर्ने, धेरैजना भेला नहुने भनेर कतार सरकारले निर्देशन दिइसकेको थियो । तर, हाम्रा दाजुभाइले अलि केयरलेस जस्तो गर्नुभयो यहाँको कानुनलाई गम्भीर रुपमा लिनु भएन कतारका सुरक्षा निकायका मानिसको आँखा उहाँहरुमाथि हरदम थियो । अन्तमा त्यस्तो अवस्था आयो । जहाँ उहाँहरुका कारण २० प्रतिशत राम्रा साथीहरुलाई पनि समस्या पर्यो ।’

त्यसैगरी पोखरेलले पार्टीले प्रवासमा रहेका भातृ संगठनलाई केही दिन अघि सकेजति सहयोग गर्न गरेको आग्रहलाई मनन गर्दै केही दिनमानै सरकारद्धारा गठन गरेको राहत कोषमा सहयोग रकम पठाउने तयारी अन्तिम चरणमा पुगेको र अन्य देशमा पनि त्यस्तै तयारी भइरहेको पनि संसारन्युजलाई जानकारी दिएका छन् ।

कतारमा हालसम्म ५ सय ४९ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ भने मृत्युको संख्या सून्य रहेको छ ।

वि.सं.२०७६ चैत १४ शुक्रवार १६:४७ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...