back
CTIZAN AD

बेलायतका प्रधामन्त्री जोनसनमा कोरोना संक्रमण, यसो भन्छन् आइसोलेसनमा बसेका उनी

वि.सं.२०७६ चैत १४ शुक्रवार

981 

shares

१४ चैत, बेलायत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।
बेलायतको प्रमुख मेडिकल प्रमुख कार्यकारीका अनुसार  प्रधानमन्त्री जोनसनलाई परीक्षण पछाडि कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

गएका २४ घण्टामा सामान्य लक्षणहरु देखिएपछि उनी कोरोना परीक्षणका लागि अस्पताल गएका थिए । जहाँ चेकजाँचका क्रममा प्रधानमन्त्री बोरिसमा भाइरस पोजेटिभ देखिएको हो ।

यसैबीच आफुलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि गर्दै  ५५ वर्षीय प्रधानमन्त्रीले ट्विट गर्दै भनेका छन् आफू आइसोलेसनमा रहेको र भिडियो कन्फ्रेन्समार्फत मुलुकको कार्यकारी अधिकार प्रयोग गर्न सक्षम रहेको बताउँदै सबै लागेर कोरोनालाई परास्त गर्नुपर्छ भनेका छन् ।

बेलायतमा अहिलेसम्म ११ हजार ६ सय मानिसमा संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।

स्मरणरहोस् मंगलबार मात्र बेलायतका ७१ वर्षीय युवराज चाल्र्सलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनी अहिले अस्पतालमा उपचाररत छन् । साथै स्वास्थ्मन्त्री समेत कोरोना संक्रमित भएको समाचार यसअघि आइसकेको छ ।

वि.सं.२०७६ चैत १४ शुक्रवार १७:४१ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...