
१४ चैत, बेलायत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।
बेलायतको प्रमुख मेडिकल प्रमुख कार्यकारीका अनुसार प्रधानमन्त्री जोनसनलाई परीक्षण पछाडि कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
गएका २४ घण्टामा सामान्य लक्षणहरु देखिएपछि उनी कोरोना परीक्षणका लागि अस्पताल गएका थिए । जहाँ चेकजाँचका क्रममा प्रधानमन्त्री बोरिसमा भाइरस पोजेटिभ देखिएको हो ।
यसैबीच आफुलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि गर्दै ५५ वर्षीय प्रधानमन्त्रीले ट्विट गर्दै भनेका छन् आफू आइसोलेसनमा रहेको र भिडियो कन्फ्रेन्समार्फत मुलुकको कार्यकारी अधिकार प्रयोग गर्न सक्षम रहेको बताउँदै सबै लागेर कोरोनालाई परास्त गर्नुपर्छ भनेका छन् ।
बेलायतमा अहिलेसम्म ११ हजार ६ सय मानिसमा संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।
स्मरणरहोस् मंगलबार मात्र बेलायतका ७१ वर्षीय युवराज चाल्र्सलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनी अहिले अस्पतालमा उपचाररत छन् । साथै स्वास्थ्मन्त्री समेत कोरोना संक्रमित भएको समाचार यसअघि आइसकेको छ ।
Over the last 24 hours I have developed mild symptoms and tested positive for coronavirus.
I am now self-isolating, but I will continue to lead the government’s response via video-conference as we fight this virus.
Together we will beat this. #StayHomeSaveLives pic.twitter.com/9Te6aFP0Ri
— Boris Johnson #StayHomeSaveLives (@BorisJohnson) March 27, 2020
वि.सं.२०७६ चैत १४ शुक्रवार १७:४१ मा प्रकाशित