
१४ चैत, काठमाडौँ । भारतीय क्रिकेट टिमका पूर्व खेलाडी सचिन रमेश तेन्दुलकरले कोरोना भाइरस विरुद्ध लड्नका लागि ५० लाख सहयोगको घोषण गरेका छन् । सचिनले प्रधानमन्त्री उद्धारकोषमा २५ लाख र मुख्यमन्त्री राहत कोषमा २५ लाख दिने घोषणा गरेका हुन् ।
त्यसैगरी भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले पनि पुणेका १ हजार गरिब परिवारहरुलाई “मुकुल माधव फाउन्डेशन” द्धारा १ लाखको सहयोग गरेका छन् । धोनीले दिएको यो रकमबाट पुणेका १ हजार गरिब परिवारलाई राहत किटहरु प्रदान गरिने छ ।
त्यसैगरी कोरोना भाइरसको महामारी विरुद्ध लड्नका लागि भारतका पूर्वक्रिकेटर इरफान पटान र युसुफ पठानले ४००० मास्क प्रदान गरेका छने भने गौतम गंभीरले पनि कोरोना भाइरस विरुद्धको उपचारका लागि ५० लाखको सहयोग गरेका छन् ।
वि.सं.२०७६ चैत १४ शुक्रवार १७:४४ मा प्रकाशित