back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७६ चैत १५ शनिवार

17.7K 

shares

१.
तिमीले धोका दिए पनि, सडकमा रुदै हिँड्नु भएन
ब्यर्थ दुःखी बनेर, दुनियाँको पाउँ छुदै हिँड्नु भएन
कसरी हुन्छु म अपवाद, हजारौ छन पिरती छुटेका,
नौलो घटना घटे जस्तो, म पागल हुदै हिँड्नु भएन ।

२.

धैर्यता कायम राख्नुस्, एकदिन सफलता मिल्नेछ
यात्रामा हुन्छ अलिकति कठिन, सफलता मिल्नेछ
जिन्दगी हो ठेस लाग्छ, ठक्कर लाग्छ चिन्ता नगर्नु,
यत्तिकै मुहार नबाउनुस् मलिन, सफलता मिल्नेछ ।

३.

पूरा गर्नै नसक्नेले,कसैलाई बचन नदिनु
सकेसम्म पराईलाई, आफनो मन नदिनु
अरे यार अचेल, दुनियाँको भर कत्ति हुन्न,
यहाँ हितैषी ठानी कसैलाई धड्कन नदिनु ।

४.
तिम्रो लागि उस्ले आशुले आँखा धुदैन अचेल
तन छुनै हतार गर्छ, मन छुने कुरा हुदैन अचेल
मैले मानवता हरायो भनेर यसकारण भन्या हुँ ,
किनकी मान्छेकै पिडामा, मान्छे रुदैन अचेल ।

५.
यो चालाले कसरी, दिन काटिन्छ जस्तो लाग्छ
महामारीले सारा बिश्व, मासिन्छ जस्तो लाग्छ
केहि शक्तिशाली देशहरुले, घुँडा टेक्या देख्दा,
अरे ! हामी नेपाली, कति बाँचिन्छ जस्तो लाग्छ ।

 

वि.सं.२०७६ चैत १५ शनिवार ०९:३५ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...