‘हजुर मलाई अलिकति सहयोग गर्नोस न ! म आज विवश भएर हात थाप्दै हिड्न वाध्य भएँ सर ।’
हेर्दा शिक्षित र सभ्य जस्तो देखिने एउटा अधवैंसे केटाले मेरो अगाडी विनम्र भाषामा लाचारी प्रकट गर्दै हात थाप्यो । शिरदेखि पाउसम्म उसलाई नियालेर हेरेँ, उ कतैबाट पनि माग्नेजस्तो थिएन । उसको टिठ लाग्दो अनुहार हेरेर मेरो मन पग्लियो । गोजीबाट दुईसय रूपैंया झिकेर उसको हातमा राखिदिए । तर पनि उसले खुसी भने पटक्कै प्रकट गरेन । वरु आँखाभरि आँशु पारेर उसले मेरो हात समाउदै धन्यवाद अंकल भन्दै कृतज्ञता देखायो । मैले अचम्भित हुँदै भने–भाई ! तिमी मेरो सहयोगले किन खुसी नभएर दुःखी पो बन्यौ त ?
उसले फेरी मेरो दुबै हात समाएर अति भावुक हुदै भन्यो ‘म यस कुराले दुखित भएँ कि अंकल दुई बर्ष अघिसम्म म पनि हजुर जस्तै दयालु थिए । आज यस्तो भएँ । मलाई पनि उस्को कुराले खोई कता छोयो । कुनि मेरो तेश्रो नेत्र खुलेजस्तो लाग्यो । मनमनै भने यो भिखारी हो कि ? मेरो परम् गुरु हँ ?
वि.सं.२०७६ चैत १५ शनिवार ०९:३३ मा प्रकाशित






























