back
CTIZAN AD

कविता: गुराँस फुलोस् है

वि.सं.२०७६ चैत १५ शनिवार

2.1K 

shares

बैसाख लागोस् है कान्छी
गुराँस फुलोस् है कान्छी

तिमीसंग शैलुंगेमा
रमाएर घुम्ने मन छ
चाप गुराँसका थुंगा टिप्दै
लै ! बरीमा झुम्ने मन छ
सुनपाती वैरूंग पाती
देउरालीमा चड़ाउदै
गोपेबाँसको मुरलीमा
मिठो धुन बजाउदै ।

बैसाख लागोस् है कान्छी
गुराँस फुलोस् है कान्छी ।

लुकिचोरी लाको माया
चोखो मिठो हुन्छ भन्छन्
तिम्रो हाम्रो माया देखी
डाँफे मुनाल कति नाच्लान्
यस्तो रैछ माया भन्दै
बनचरीले भाखा फेरलान् ।

बैसाख लागोस् है कान्छी
गुराँस फुलोस् है कान्छी ।

वि.सं.२०७६ चैत १५ शनिवार ०९:३० मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...