back
CTIZAN AD

अमेरिकाको न्युयोर्कमा मात्र २०० बढी नेपालीमा कोरोना संक्रमण !

वि.सं.२०७६ चैत १६ आइतवार

810 

shares

विजय थापा, १६ चैत, अमेरिका । चीनको वुहानबाट सुरु भएर संसारका झण्डै २०० देखि पुगिसकेको कोरोना भाइरस कोभिड-१९ ले अमेरिकाको न्यूयोकमा मात्र २०० नेपाली संक्रमित भएको आशंका गरिएको छ ।

न्यूयोर्कमा मात्रै करीब २ सय र न्यूजर्सी शहरमा झण्डै २० जना नेपालीहरुलाई कोरोना भाइरस भएको हुन सक्ने आशंका स्थानीय सामाजिक संघ संस्थाहरुले अनुमान गरेका छन् ।

जस अनुसार न्यूयोर्कको एउटा अस्पतालमा ११ जना, अर्कोमा १२ जना र अर्कोमा ७ जना गरी कम्तिमा २०० जना नेपाली कोभिड–१९ बाट संक्रमित अर्थात् पोजिटिभ भै अस्पताल भर्ना भएको बुझिएको छ ।

न्यूयोर्कका समाजसेवी जीवन बम र चर्चित फोटो÷भिडियोग्राफर शम्भु मोक्तानले छुट्टाछुट्टै रुपमा आफूहरुलाई कोरोना भाइरस संक्रमित भएको कुरा सार्वजनिक हितको लागि खुलासा गरेका छन् ।

शम्भू मोक्तानको स्वास्थ्यमा क्रमिक सुधार भै रहेको बुझिएको छ भने दुई जना भेन्टिलेटरमै रहेका छन् । शम्भु मोक्तान जुइस अस्पतालमा र जीवन बम माउन्ट सनाई अस्पताल न्यूयोर्कमा छन् ।

चिकित्सकहरुको भनाई अनुसार कोभिड–१९ लागेका ९०–९५ प्रतिशत मानिसलाई निको हुन्छ त्यसैले डराउने भन्दा पनि आत्मबल बढाएर चिकित्सकको सल्लाह अनुसार सतर्कता अपनाउन जरुरी छ ।

नाम नबताउने ३० जना नेपाली एल्मष्ट, माउन्ट सनाई र जुइस गरी ३ अस्पतालहरुमा भएको बुझिएको छ । न्यूयोर्कमा ज्वरो नाप्ने थर्मो्मिटर स्यानिटाइजर र आईसोलेसनको कमि भएको छ ।

वि.सं.२०७६ चैत १६ आइतवार ०८:१६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...