१६ चैत, काठमाण्डौं । कोरोना भाइरस संक्रमणका कारण स्पेनकी राजकुमारी र फ्रान्सका पूर्वमन्त्रीको निधन भएको छ ।
भाइरस संक्रमणका कारण शुक्रबार स्पेनकी राजकुमारी टेरेसाको मृत्यु भएको युवराज सिक्सटन हेनरीले जानकारी दिएको स्पेनका संचारमाध्यमले जनाएका छन् ।
त्यसैगरी फ्रान्सका पूर्व उद्योगमन्त्री पाथ्रिक देभेजँको पनि भाइरस संक्रमणका कारण मृत्यु भएको हो । संक्रमणको आशंकामा बुधबार अस्पताल भर्ना भएका उनको आइतबार बिहान मृत्यु भएको फ्रान्सका संचार माध्यमले जनाएका छन् । उनको आइतबार विहान पेरिसको जर्ज पम्पिदु अस्पतालमा मृत्यु भएको हो । उनी फ्रान्समा निकोलस सोर्कोजी र ज्याक सिराक राष्ट्रपति रहेका बेला उद्योगमन्त्री रहेका थिए ।
शुक्रबार आफ्नो स्वास्थ्यमा सुधार आएको भन्दै ट्विट् समेत गरेका थिए । उनले आफ्नो उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद पनि दिएका थिए । तर आइतबार उनको मृत्यु भएको हो ।
वि.सं.२०७६ चैत १६ आइतवार २०:११ मा प्रकाशित






























