back
CTIZAN AD

महामारीको बिपत्तिमै पनि टरेको छैन बिपत

वि.सं.२०७६ चैत १७ सोमवार

909 

shares

दुई ट्रीलियन डलरको आर्थिक राहत प्याकेजका कैयन सेवा र सुबिधाहरुमा कागजपत्रबिहिन लाखौँ आप्रवासीहरुको पहुँच नपुग्ने भएको छ ।

राहत र बिपत्तिकै बेलामा पनि कागजपत्रबिहिन आप्रवासीहरुलाई राज्यबाट आहत हुने गरेको छ । दुई ट्रीलियन डलरको आर्थिक राहत प्याकेजका कैयन सेवा र सुबिधाहरुमा कागजपत्रबिहिन लाखौँ आप्रवासीहरुको पहुँच नपुग्ने भएको छ । त्यही यथार्थलाई मध्यनजर राख्दै न्युयोर्क राज्यका गभर्नर एन्ड्रिउ क्योमोले आफुसंग भएको विशेषाधिकार प्रयोग गरेर कागजपत्रबिहिन आप्रवासीहरुलाई कोभिड– १९ संग सम्बन्धित सम्पूर्ण उपचारको अवसर दिने ब्यबस्था गरेका छन ।

हरेक यस्ता बिपत्तिहरुको बहाना बनाएर अनुदारवादी दक्षिणपन्थीहरुले अल्पमत आप्रवासीहरु माथि थप रंगभेदी नीतिहरु लाद्ने गरेका छन । ९र११ को आतंकबादी आततायी हमलापछि धार्मिक अल्पमत समुदाय माथि ठुलो अन्याय भएको थियो । अहिले पनि यही बिपत्तिको बहाना बनाएर अनुदारवादी रिपब्लिकनहरुले राष्ट्रिय सुरक्षाको नाममा कैयन संबैधानिक नागरिक अधिकारहरुलाई निलम्बन गर्न राष्ट्रपतिलाई उक्साई रहेका छन ।

टीपीएस र डाका सुबिधामा आश्रित लाखौं आप्रवासीहरु अझै जोखिममा छन । राष्ट्रपति ओबामाले करिब ८००,००० कागजपत्रबिहिन नाबालकहरुलाई सन् २०१२ मा कार्यकारी आदेशद्वारा अस्थायी कानुनी हैसियत उपलब्ध गराएका थिए तर राष्ट्रपति ट्रम्पले त्यो सुबिधा निलम्बन गर्ने घोषणा भएपछी भएका कैयन कानुनी मुद्दामामला र रस्साकस्सी पनि यो मामला सर्बोच्च अदालतमा पुगेको छ । सम्भवतस् आज सोमबार सुप्रिप कोर्टले यो बिषयमा आफ्नो राय सहितको अन्तिम फैसला सुनाउने छन ।

हरेक समुदाय र वर्गले मानवीयताको आधारमा एकखाले राहतको अनुभूति गरिरहेको यो बेला पनि डाका (डीफर्ड एक्शन फर चाईल्डहूड अराईभल्स) अन्तरगत अस्थायी कानुनी हैसियत पाएर पढाई अनि रोजगारी गरिरहेका करिब ८००,००० जना भने अनिश्चिततामा बाँच्न बाध्य भएका छन ।

वि.सं.२०७६ चैत १७ सोमवार १०:२७ मा प्रकाशित

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...