back
CTIZAN AD

कोरोना नियन्त्रणका उपाय बारे चीनबाट नेपाल र विश्वले सिक्ने कि ?

वि.सं.२०७६ चैत १७ सोमवार

921 

shares

यतिबेला सबै खाले मतभेद बिर्सेर संकट र आपतको यस घडीमा सबै राष्ट र सम्पूर्ण मानवजाति एक भएर महामारीको सामना गर्नुपर्छ । साथै एक अर्कालाई हिलो छयाप्ने र मौकाको फाइदा लिन खोज्नेहरुबाट सतर्क रहनुपर्छ । सकभर रोग र भाइरस संक्रमित हुन नदिन उच्च स्तरीय साबधानी अपनाउनु पर्छ ।

चीनको उहानबाट गतबर्ष सन २०१९ डिसेम्वर ३१ मा शुरु भएको कोरोना भाइरस (कोभिड १९) अहिले विश्वभरी फैलिएको छ । विश्व स्वास्थ संगठनले यसको संक्रमण र महामारीलाई प्याण्डेमिक (विश्वव्यापी महामारी) भनेर आधिकारिक रुपमा नै घोषणा गरेको स्थिति छ । यो नया कोरोना भाइरस जनस्वास्थको लागी चुनौतिको रुपमा फैलिएको छ । जसबाट अझ धेरै मानवीय क्षति पनि बेहोर्नु पर्ने हुन सक्छ । तसर्थ सबै मुलुकहरुले अत्यन्तै संवेदनशील भएर यसको फैलावटको सवालमा सजक र सतर्कता अपनाउनु जरुरी देखिन्छ ।

वास्तवमा यो संकट जनस्वास्थको मात्रै नभएर सवै क्षेत्रको लागि संकट हो । तसर्थ सबै क्षेत्र राजनीतिक, आर्थिक, सामाजिक, स्वास्थ, साँस्कृतिक लगायतका क्षेत्र र प्रतेक व्यक्ति मिलेर यो महामारी संकटको सामना गर्नु पर्ने स्थिति छ । अहिलेसम्म यसले ३४ हजार मान्छेको ज्यान लिइ सकेको छ भने ७ लाख भन्दा बढी मान्छे संक्रमित भई सकेका छन । खुशीको कुरा सजक र सतर्कताको कारण संक्रमित मध्ये १ लाख २३ हजार मान्छे निको भएर घर फर्केका छन् । यसको चपेटा र प्रभावमा १९९ मुलक रहेका छन भने अति नै प्रभावित २५ मुलुक रहेका छन् । व्यक्तिबाट व्यक्तिमा सजिलै र निरन्तर सर्न सक्ने यो महामारी सिमित भूगोलमा मात्र नभई अहिले सबै महादेश र विश्व भरी फैलिएको छ । शुरुमा चीनको उहानमा कोरोना १९ को इपीसेन्टर थियो र सबैभन्दा बढी ३ हजार २ सय ३७ जना मान्छेको मृत्यु भएको थियो । तर अहिले यूरोपको इटालीमा कोरोनाको इपीसेन्टर रहेको छ र चीन भन्दा पनि बढी १० हजार २ सय मान्छेको ज्यान गएको स्थिति छ । त्यसपछि स्पेनमा ६ हजार ३ सय मान्छेको मृत्यु भएको छ । विश्वमा ७ अर्व, ७७ करोड, २३ लाख भन्दा बढी जनसंख्या रहेकोमा ३ अर्व भन्दा बढी जनसंख्या चीन र भारतमा मात्रै रहेका छन् । अहिले चीन र भारत दुबै मुलुक कोरोना १९ बाट र्सक्रमित र प्रभावित छ ।

नेपालमा कोरोनाको उच्च जोखिम र सतर्कता
महामारीको अर्थ बुझाउने अग्रेजीका दुईवटा शव्दहरु छन् – एपिडेमिक र प्याण्डेमिक अर्थात् ‘एपिडेमिक’ले कुनै खास क्षेत्र विशेषमा सिमित भन्ने बुझाउँछ तर ‘प्याण्डेमिक’ले एकै पटक विश्वभरि फैलिने महामारी रोगलाई बुझाउँछ । तसर्थ विश्व स्वास्थ संगठनले कोरोना १९ लाई प्याण्डेमिक महामारीको रुपमा घोषणा गरेको छ । यस रोगको प्रमुख लक्षणहरु ज्वरो आउनु, घाँटी खसखस गर्नु, सुख्खा खोकी लाग्नु, मांशपेसी दुख्नु, पखाला लाग्नु, सुगन्ध र खानाको स्वाद थाहा नपाउनु, सिगान बगिरहनु, टाउको दुख्नु, सास फेर्न अप्ठयारो हुनु मानिएको छ ।

नेपालमा पनि अहिले ५ जना कोरोना रोगको विरामी देखा परेका छन् । तर शंकामा रहेका ८ सय भन्दा बढी विरामीको अनुसन्धान भने भएको छ र कतिपय क्यारेन्टाइनमा पनि बसेका छन् । अर्काेतिर विश्व स्वास्थ संगठनले हालै नेपाल र दक्षिण पूर्व एशियालाई अति उच्च जोखिम मुलुकमा राखेको घोषणा पनि गरेको छ । तसर्थ यसलाई गम्भीरतापूर्वक लिएर संक्रमण हुनु अघि समयमै उच्च सतर्कता अपनाउनु अपरिहार्य देखिन्छ । यसको लागि नेपालले उच्च स्तरीय रोगथाम तथा नियन्त्रण समिति गठन गरेको छ । हाई अलर्टमा रहेर अन्तर्राष्टिय उडान रद्ध गरेको छ । एअरपोर्टमा हेल्थ डेस्कको व्यवस्था, विधालयदेखि विश्वविधालय वन्द छन, हेल्थ क्लव, डान्सवार र सिनेमा हल वन्द, शुरुमा २५ जना भन्दा बढी एकठाउमा भेला हुन बन्देज लगायत चीन र भारतका नाकाहरु बन्द भएका छन् । साबुन पानीले हात धुने, सेनीटाइजरको प्रयोग गर्ने र माक्स लगाउने, अति आवश्यक काम बाहेक घरबाट ननिस्कन भनेर पुरै देशलाई लकडाउन गरिएको छ । आकस्मीक विरामीको निम्ति वेडको र आइसोलेसन वार्डको व्यवस्था जस्ता उपायहरुको निर्देशन दिएको छ ।

भारतका प्रधानमंन्त्रीको सक्रियतामा कोरोना सम्बन्धी सार्क स्तरीय भिडीयो कन्फरेन्स भएको छ र १० मिलियन डलरको आकस्मीक कोष समेत बनेको छ । प्रधानमंन्त्री केपी शर्मा ओलीले देशवासीलाई कोरोना १९ बाट सजक र सतर्क रहन सम्बोधन गर्नुभएको छ । सार्कको आकस्मीक कोषमा १ मिलियन डलर नेपालले राखेको छ । साथै नेपालको सरकारले ५० करोडको आकस्मीक कोषको स्थापना गरेको छ । चीनले नेपाल लगायत २२ मुलुकका परराष्ट तथा स्वास्थमंन्त्रीसंग कोरोनाको संक्रमणलाई फैलिन नदिन, अनुभव र सहयोग आदान प्रदानको निम्ति भिडीयोवार्ता समेत गरेको छ ।

नेपाल र विश्वले चीनबाट सिक्ने कि ?
चीनको उहानमा कोरोना भाइरस देखा पर्ने वितिकै उहानको आवात जावतमा प्रतिबन्ध लगाएर लकडाउन गरयो । हुपेइ प्रान्तका १५ वटा शहरहरु जहा ६ करोड जनसंख्या थियो ठप्प र बन्द थिए । आवात जावत हुन्छ भनेर शहर जोडने राजमार्गहरु भत्काइएका थिए । हवाई र रेलसेवा स्थगित थिए । शहरका मानिसहरुलाई घरमै बस्न कडा निर्देशन थियो । संक्रमित विरामीहरुलाई राख्न केहि दिनमै ठूला अस्पताल वनाइयो । सबैलाई माक्स लगाएर हिडन अनिवार्य गरीयो । माक्स नलगाई अटेरी गर्ने र नियम उलंघन गर्नेलाई खावोमा बाध्नेसम्मको हर्कत गरीयो । टेस्टीग किट मार्फत जाच गर्दा शंका लागेका संक्रमित विरामीलाई जर्वजस्ती क्यारेन्टेनमा राखियो । सामान ओसार पसार तथा अन्य कामको निम्ती रोवर्ट समेत प्रयोग भयो । अस्पतालमा भेन्टीलेटर सहितको आइसियूको व्यवस्था गरी अहोरात्र विशेष पहिरनमा डाक्टर र नर्शहरु खटिए । शडकहरुमा किटनाशक औषधी व्यापक रुपमा छर्किने काम भयो । फलस्वरुप चीनमा कोरना भाइरस प्रभावकारी रुपले नियन्त्रणमा आयो र अहिले फैलिनबाट रोकिएको छ । विभिन्न प्रकारका हल्ला, अफवाह र भ्रमहरुलाई समयमा नै चिर्ने काम भयो ।

नेपालमा समयमा नै सावधानी अपनाउनु पर्छ 
नेपाल पनि कोराना भाइरसको रातो वतिको प्रभावमा छ । छिमेकी देश तथा विश्वभरी प्रभाव बढेको हुदा कोरानाको संक्रमणले नेपाललाई पनि चाडै लपेटन सक्छ । विश्व स्वास्थ संगठनले वारम्वार नेपाललाई उच्च जोखिममा राख्दै आएको जगजाहेर छ । उसले दक्षिणको नाका बन्द गर्न पनि सुझाव दिएको छ । किनभने भारतमा कोरोनाबाट ३० जनाको मृत्यू भैसकेको छ र क्रमश संक्रमण प्राय सबै राज्यमा फैलिएको छ ।
चीनले आज विश्वभरी कोरोना संक्रमित देशहरुमा सहयोग र सदभाव देखाउदै आएको छ । अहिले कोरोना नियन्त्रण र विश्वभरी सहयोगमा समेत चीन अग्रपंक्तिमा रहेको छ । अमेरीका आफै रोगसंग लडीरहेको छ भने चीनले एशिया, अफ्रिका, यूरोपलाई सहयोग गरीरहेको छ । आजसम्म कोरोनाको भ्याक्सीन र औषधी पता लागेको स्थिति छैन । तत्काल पता लागी हाले पनि वजारमा भ्याक्सीन आउन कम्तिमा पनि ५ देखि ७ बर्ष लाग्न सक्छ । अहिलेसम्म मलेरीया, एचआइभी जस्ता भ्याक्सीनको प्रयोग गरीएका छन । अर्थात त्यस्ता औषधीहरु रिसर्च र प्रयोग मात्र गरीएका हुन । संयोगले कतिपय स्थानमा नियन्त्रणमा पनि आएका छन तर ढुक्कले विश्वास र भरोसा गरी हाल्ने स्थिति भने छैन ।

तसर्थ सजगता र उच्च स्तरीय सतर्कता अपनाएर देशलाई लकडाउन गर्नु बाहेक अर्को विकल्प छैन । सम्भावित कोरोना संक्रमितहरुलाई विभिन्न अस्पतालहरुमा भेन्टीलेटर सहितको आइसियूको व्यवस्था धेरै संख्यामा गर्नुपर्छ । आज इटली लगायत कतिपय मुलुकहरुमा आइसियूको अभावले पनि संक्रमितलाई बचाउन सकिने स्थिति भएन । प्रमुख रुपले चीनबाट भेन्टीलेटर, टेस्टीग किट, स्वास्थकर्मीले लगाउने पीपीई, पंजा र जुता र माक्सहरुको सहयोग लिदै उचित मुल्यमा किन्न चुक्नु हुदैन साथै एम्बूलेन्स लगायतका उपकरणहरु सहयोग लिनु पर्छ । चीनले भरखरै चार्टर विमानबाट इटाली, स्पेन, इराक जस्तै नेपाललाई पनि सामाग्रीहरु पठाएको स्थिति छ । नेपाल चीन सम्बन्धलाई अझ बलियो बनाउन अनुभवहरु आदान प्रदान गर्नुपर्छ । महामारी मानव जातिकै लागि ठूलो खतरा हो ।

यतिबेला सबै खाले मतभेद बिर्सेर संकट र आपतको यस घडीमा सबै राष्ट र सम्पूर्ण मानवजाति एक भएर महामारीको सामना गर्नुपर्छ । साथै एक अर्कालाई हिलो छयाप्ने र मौकाको फाइदा लिन खोज्नेहरुबाट सतर्क रहनुपर्छ । सकभर रोग र भाइरस संक्रमित हुन नदिन उच्च स्तरीय साबधानी अपनाउनु पर्छ । रोग पता लाग्यो वा शंका लागेमा होम क्यारेन्टाइन (Home quarantine), क्यारेन्टाइन (Hospital quarantine) र सेपरेसन (Separation / Isolation)मा बसेर उपचार गराउनु पर्छ । हेलचक्राइ कदापी गर्नु हुँदैन । लकडाउनको सरकारी निर्णयलाई कडाइका साथ पालन गर्नुपर्छ । व्यक्ति व्यक्तिबाट सर्ने हुदा हमेशा निश्चित दुरीमा बस्नु पर्छ । सावधानी अपनाउनु र घरमा बस्नु नै अहिलेको निम्ति उतम उपाय हो ।

(चीन बिज्ञ कार्की, बामपन्थि राजनीतिज्ञ हुन ।)

वि.सं.२०७६ चैत १७ सोमवार १७:२९ मा प्रकाशित

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...