
संघर्षपुर्ण विरासत बोकेको मानव इतिहास अवश्य विजयी हुनेछ केवल धर्यता र अनुशासनको खाँचो छ। मानवशास्त्री (anthropologist ) हरुका अनुसार दुई करोड वर्ष भन्दा पहिले नै पृथ्वीमा उत्पत्ति भएको मानव जीवन स तथ्यांकको इतिहासलाई हेर्दा आजभन्दा लगभग ५००० वर्ष अगाडि मात्र शुरु भएको हो । ढुङ्गामुढाको हतियारले जंगली जनावरसग लड्दै रुख, आडार र गुफामा बस्दै जनावरको काँचो मासु र जंगली कन्दमुल खोजेर खादै हिड्दाके कति दुखका अनुभवहरु भए होलान् ?
कतिले अकालमा ज्यान गुमाउनु पर्याहोला ? आँधिहुरी, घामपानिले कति दुख दियो होला ? यसको रेकर्ड आज हामी सग छैन तथापि चेतनशील प्राणी भएको नाताले पछिल्ला दिनहरुको अनुभवको आधारमा हामी सहजै अनुमान लगाउन सक्छौ कि हाम्रा पुर्खाहरुले जंगली जनावरको आक्रमण, बिषाधियुक्त कन्दमुलको उपभोग र ठुला ठुला आँधिहुरि र घामपानिसग जुध्दै गर्दा पक्कै पनि निकै कष्टपुर्ण जीवन पार गर्नुपर्या र त्यसैबाट पाठ सिक्दै पशुपालन, कृषि, व्यापार र औँषेधिगिकरण युग हुँदै आज त्यही मानव जीवन आधुनिक विश्वव्यापीकरणको डिजिटल युगमा प्रवेश गरि सकेको छ ।
यस बिचमा पनि मानवताको अज्ञानता र शक्तिको होडवाजीमा बलियोले निर्धा माथि शासन गर्ने क्रममा मानवले मानवजाती माथि नै गरेको नरसंहारको इतिहास पहिलो विश्वयुध्द,दोस्रो विश्वयुद्ध र कयौं गृहयुद्धहरुले सम्झाएर गै सकेका छन् र मानव जीवनलाई अझ अगाडि बढाउने क्रममा प्रकृति सग जुध्दै गर्दा कयौँ नयाँ रोगहरुको सामना पनि गर्नु परिरहेकै छ। बिफर, इवोला, HIV, हान्टा, इनफ्लुञ्जा, ड्याङ्गगु, SARS-CoV-2, MERS-CoV जस्ता कैयन प्राण घातक रोगहरुसग लड्दै र उठ्तै आइरहँदा अहिले फेरि हामी अर्को नयाँ प्रणघातक जीवाणु कोरोना भाइरस (COVID-19) को सामना गरिरहेका छौ।
चीनको हुवान शहरमा 31 दिसेम्बर 2019 (WHO) बाट देखा परेको यो सरुवा रोग अहिले संसारको 199 मुलुकहरुमा फैलिसकेको छ र विश्वले दिनदिनै निकै ठुलो मानवीय क्षति व्यहोरिरहनु परेको छ। अहिले संसार भरमा 683843 जना संक्रमित, 32162 जना को मृत्यु र 146400 जना उपचार पछि घर फर्कि सकेको अवस्था छ । चीन, इटली, अमेरिका, फ्रान्स जस्ता आर्थिक, भौतिक र प्राविधिक रुपमा शक्तिशाली भनिएका मुलुकहरु नै यसबाट सबैभन्दा ठुलो मारमा परेका छन्। हाल चीन यसको नियन्त्रणको नजिक पुगेको छ भने इटली अमेरिका र फ्रान्स… लगायतका मुलुकहरुमा अझ महामारीको रुपमा मानव संहार गरिरहेको छ। चीनबाट युरोप पुगेको यो भाइरस अहिले दक्षिण एसियाली मुलुकहरुलाई टार्गेट बनाएर भित्री सकेको छ। भारत र नेपाल यसको उच्च जोखिममा परि सकेका छन् । नेपालमा अहिले संक्रमितको संख्या ५ पुगिसकेको छ तर अहिले सम्म कोरोना कै कारण मृत्यु भएको पुष्टि हुन सकेको छैन । छिमेकी मुलुक भारतमा भने संक्रमितको संख्या लगभग एक हजार नजिक पुगिसकेको र मृत्यु हुनेको संख्या २६ पुगिसकेको छ । संक्रमित मानिसको सम्पर्क बाट सर्ने यो रोग नेपालको सन्दर्भमा खुल्ला सिमाना र लाखौ नेपाली वैदेशिक रोजगारिमा जानू पर्दाको कारण नेपालमा संक्रमण फैलिने सम्भावना निश्चितै उच्च रहेको छ भने कमजोर अर्थतन्त्रको भएको कारण यसलाई थेग्न निकै मुस्किल पर्न सक्छ ।
तथापि धेरै मुलुकहरु हुदै नेपाल प्रवेश गरेको ,स्वदेश र विदेशमा रहने प्राय सबैलाई सचेतना भई सकेको, सरकारले पनि सजकताका साथ काम अगाडि बडाइ रहेको र यसको औषधि पत्तालाग्ने नजिक पुगेको भन्ने सूचना र परिक्षणमा कतिपय सामाग्री चीन बाट आइ सकेको हुदा आत्तिहाल्नु पर्ने अवस्था भने देखिदैन । मेरो ब्यक्तिगत विचारमा अब हामी १र२ हप्ता भित्रै यो भाइरसलाई नियन्त्रणमा ल्याउन सक्छौँ ।
यदि…..
१) सिमानामा कडाइ साथ नियन्त्रण गरेमा,
२) विदेश बाट आएकाले ईमानदारी पुर्वम क्वारेन्टाइनको नियममा पालना गरि बसेमा,
३) हाल संक्रमित भएका सगको सम्पर्कमा रहेका सबै व्यक्तिको खोजीगरि तुरुन्तै नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेमा ,
४) प्राप्त स्वास्थ उपकरणहरुलाई स्थानीय स्तर सम्म पुर्याइ प्राथमिकता को आधारमा अधिकतम परिक्षणको व्यवस्था मिलाएमा,
५) यो मानवीय संकटको घडीमा सरकार, राजनीतिक दल ,जनता सबै एकजुट भई समस्याको सामाधन गर्ने तर्फ लागेमा,
६)अहिले शंका उपशंका र आपसि मनमुटाव गर्नु भन्दा आपसमा विश्वासको वातावरण बनाएर काम गरेमा ,
७) ट्रान्परेन्सि इन्टर नेशनल (2019) अनुसार नेपाल भ्रस्टा चारको ज्ञज्ञघ औँ मुलुकमा परेको हुदा काम गर्ने सवालमा अधिकतम पारदर्शिता अपनाइ सबैलाई बिश्वासमा लिन सकेमा,
८) धेरै पटक छुने र प्रयोग हुने वस्तुहरु जस्तै ढोकाको ह्यान्डल, तालाचावि, पसल बाट ल्याइने सामाग्री….यस्तै अरु बारबार प्रयोगमा आउने चिजबिज चलाए पश्चात् राम्रो सग साबुनपानि वा सेनिटाइजर प्रयोग गरि हातधुने, आफु र अरुलाई पनि सुरक्षित राख्ने वातावरण कायम गरेमा,
१०) बृद्धअबश्था र बालबालिका हरुको स्वास्थ्यमा विशेष ध्यान दिएमा,
११) सरकारका हरेक निर्देशन इमानदारीपूर्वक पालना गर्ने र गराएमा,
१२) अति जरुरी काम बाहेक घर भित्रै बसेमा,
१३) उपलब्ध खाद्य सामाग्रीको समुचित व्यवस्थापन र प्रभावकारी वितरण हुन सकेमा,
१५) मानव जीवनको सुख ,सम्वृध्दि र रक्षा समाजवादमा मात्र सम्भव छ भन्ने कुरा शक्ति राष्ट्रहरुले बुझेर अधिकतम मानव कल्याणकारी काम गरेमा,
१६) चिन्ता हैन चिन्तन गर्ने बानिको विकास गरेमा ।
वि.सं.२०७६ चैत १७ सोमवार १७:४५ मा प्रकाशित