१७ चैत, बहराइन । बहराइन सरकारले क्वारेन्टाइनको नियम अवज्ञा गर्नेलाई तीन महिना जेल र १ हजारदेखि १० हजार डिनार सम्म जरिवाना तिर्नुपर्नेछ ।
नेपाली दूतावास बहराइनले यस बारेमा जानकारी दिँदै बहराइन सरकारको नियम कानुन पालना गर्नका लागि अनुरोध गरेको छ ।
त्यस्तै दूताासले ज्वरो, आउने, खोकी लाग्ने, स्वास फेर्न गाह्रो हुने लक्षण देखिएमा बहराइनको टोल फ्रि नम्बर ४४४ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
त्यस्तै अन्य कुनैपनि समस्या भएमा तत्कालै नेपाली राजदूतावासको निम्न बमोजिमको ठेगानामा सम्पर्क गर्ने वा दूतावासको ठेगानामा सम्पर्क गर्न तथा बहराइनमा स्थापित संघ संस्थाका प्रतिनिधिमार्फत् जानकारी गराउन पनि अनुरोध गरेको छ ।
त्यस्तै दूतावासले २६ मार्चदेखि ७ बजेदेखि ९ अप्रिल सम्म विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म रिटेल सपहरु बन्द रहने जानकारी समेत दिएको छ ।
बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार बहराइनमा सोमबार बिहान १० बजे (३० मार्च) सम्ममा ३२ हजार ५९५ जनामा कोरोना परीक्षण गरिएको थियो । जसमा २३२ जनामा कोरोना संक्रमण देखिएकोमा दुईजना गम्भीर रहेका छन् भने मृतकको संख्या ४ पुगेको छ ।
त्यसैगरी संक्रमण पश्चात निको हुने भएर घर जानेको संख्या २७९ पुगेको छ । संक्रमित हुनेमा तीन नेपाली समेत रहेका छन् ।

वि.सं.२०७६ चैत १७ सोमवार २०:२४ मा प्रकाशित






























