back
CTIZAN AD

स्वीडेनमा दैनिकी निकै कठिन भएको भन्दै एनआरएनए स्वीडेनका निर्बतमान अध्यक्ष श्रेष्ठले गरे यस्तो अपिल

वि.सं.२०७६ चैत १७ सोमवार

1.1K 

shares

१७ चैत, स्वीडेन । गैरआवासीय नेपाली संघ स्वीडेनका निर्बतमान अध्यक्ष तथा आइसीसी सदस्य अर्जुन कुमार श्रेष्ठले स्वीडेनमा पनि कोरोनाको प्रभाव बढिरहेकोले स्वीडेनमा रहेका नेपाली संघसंस्था मिलेर यस दुःखद घडीमा अगाडि बढ्नुपर्ने बताएका छन् ।

संघका आइसीसी सदस्य समेत रहेका श्रेष्ठले यो मानवीय जीवनको महत्वपूर्ण सुरक्षामा सबैको रचनात्मक सहयोगको अपेक्षा गरिएको बताउँदै यस संवेदनशील घडीमा एनआरएनए स्वीडेन र नेपालीहरूको हितका लागी स्वीडेन भरी जे जति सामाजिक संघ संस्थाहरू छन सबै एक जुट भई काम गर्नुपर्ने भन्द यस्तोै अपिल गरेका हुन् ।

महामारीको जोखिमपूर्ण घडीमा नागरिकको स्वास्थ्य सुरक्षालाई महत्व नदिएर आफनो देशको अर्थतन्त्रलाई बलियों बनाउने
स्वीडिस सरकारको नीति रहेको र यो जनता बिनाको राज्य र राजाको कुनै अर्थ नभए जस्तै रहेको भन्दै उनले भनेका छन् ‘हामि दैनिक काम (जागीर) गरेर जीवनयापन गर्दै आएका श्रमजीवि, बिद्यार्थी, दाजुभाई तथा दिदीबहिनीहरुको दैनिकी निकै कठिन र मार्मिक हुँदै गएको छ । आफु बचें र आफनो परिवार र समाज बाँचे नै बल्ल दाम र काम चाहिने हो ।’ श्रेष्ठले भनेका छन् ।

‘विश्वव्यापी महामारीको यो संबेदनशील घडीमा प्रत्येक देशबासी नागरिकको स्वास्थ्यको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व र जिम्मेवारी हो । तर यो संवेदनशील विषयलाई स्वीडिस सरकारले हल्का रूपमा लिएको छ । युरोप भरीनै अरु छिमेकि देशहरूले लकडाउन गर्दा पनि स्वीडेनमा लकडाउन नगर्नुले सम्पूर्ण जनता त्रसित र चिन्तित छन् ।’ श्रेष्ठले अपिल गर्दै भनेका छन् ।

यस्तो छ श्रेष्ठको अपिल
आदरणीय स्वीडेनबासी तथा बिश्वभर छरिएर रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु ! यतिबेला सिंगो विश्व जगत नै कोरोना भाइरस कोभिड १९ को महामारीबाट आक्रान्त छ । विश्वव्यापी महामारीको यो संबेदनशील घडीमा प्रत्येक देशबासी नागरिकको स्वास्थ्यको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व र जिम्मेवारी हो । तर यो संवेदनशील विषयलाई स्वीडिस सरकारले हल्का रूपमा लिएको छ । युरोप भरीनै अरु छिमेकि देशहरूले लकडाउन गर्दा पनी स्वीडेनमा लकडाउन नगर्नुले सम्पूर्ण जनता त्रसित र चिन्तित छन ।
विगत केहि महिना देखि नै कोरोना विरूद्धको सचेतना अभियान कार्यक्रममा बिश्व भरीका सरकार, सामाजिक संघ संस्था सक्रिय रहेको यहाँहरूमा विदितै छ ।

यो महामारीको जोखिमपूर्ण घडीमा नागरिकको स्वास्थ्य सुरक्षालाई महत्व नदिएर आफÞनो देशको अर्थतन्त्रलाई बलियों बनाऊन स्वीडिस सरकारको जून नीति छ यो जनता बिनाको राज्य र राजाको कुनै अर्थ नभए जस्तै हो । हामि दैनिक काम (जागीर) गरेर जीवनयापन गर्दै आएका श्रमजीवि, बिद्यार्थी, दाजुभाई तथा दिदीबहिनीहरुको दैनिकी निकै कठिन र मार्मिक हुँदै गएको छ । आफु बचें र आफÞनो परिवार र समाज बाँचे नै बल्ल दाम र काम चहिने हो ।

बाच्नको लागी काम गर्नु परेको हो काम गर्नको लागि बाँचेको होईंन त्यसकारण हामी आफ्नो जिवन, परिवार र समाजको लागी वाच्नु र बचाऊनु छ । सबै जना सकेसम्म आफ्नै घरमा बसौ र स्वास्थ्यकर्मीहरूले दिएको सल्लाह पालना गरौ ।

यो मानवीय जीवनको महत्वपूर्ण सुरक्षामा यहाँहरूको रचनात्मक सहयोगको अपेक्षा गर्दछु । साथै यो संवेदनशील घडीमा एनआरएनए स्वीडेन र नेपालीहरूको हितका लागी स्वीडेन भरी जे जति सामाजिक संघ संस्थाहरू छन् सबै एकजुट भई नेपाली समुदायलाई भई परी आऊन सक्ने हरेक समस्यामा हातेमालो गरी सहयोग गरिदिन विनम्रतापूर्वक अनुरोध गर्दछु ।

सबैले आआफ्नो स्वास्थ्यको ख्याल गर्न, नआत्तिन, आत्मबल बलियो बनाउन, विनाकारण घरबाहिर ननिस्कन, सरसफाईमा ध्यान दिन र भीडभाड हुने कुनै पनि कृयाकलापहरु नगर्न हुन समेत हार्दिक अपिल गर्दछु । कोरोनाभाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकोले घर बाहिर नजाऊँ । अत्यावश्यक सामान किन्न जाँदा कम्तीमा ३ फिटको दूरी कायम गरौं । आफू, आफ्नो परिवार, समुदाय र देशलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन जिम्मेवार बनौं । घरमै बसौं ! यो महामारी कोरोना भाइरसबाट दिबंगत हुनु भएका सम्पूर्ण मा हार्दिक श्रद्धान्जली अर्प्रण गर्दछु साथै सम्पूर्ण संक्रमित बिरामीहरुको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु ।’
अर्जुन कुमार श्रेष्ठ
आइ सी सी सदस्य तथा निवर्तमान अध्यक्ष
एन आर एन ए, स्वीडेन परिवार

वि.सं.२०७६ चैत १७ सोमवार २१:३४ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...