back
CTIZAN AD

विश्व अर्थतन्त्रमा महामारीको प्रभाव

वि.सं.२०७६ चैत २३ आइतवार

990 

shares

संयुक्त राष्ट्रसंघ (UNO)  मा दर्ता भएका १९३ राष्ट्र र अन्य सबै गरि जम्मा २३४ राष्ट्रहरु मध्ये २०२ मुलुकहरु CFOVID-19 नामक प्राणघातक जीवाणुसँग लडिरहेको आज ३ महिना पूरा बितिसकेको छ । संसारकै शक्तिशालि राष्ट्रहरुको रुपमा चिनिने क्रमशः अमेरिका, चीन, जापान, जर्मन, युके, फ्रान्स, भारत, इटली, ब्राजिल, क्यानडा, रसिया, द.कोरिया, अष्ट्रेलिया र स्पेन, जो यो रोगबाट अहिले सबैभन्दा बढी प्रभावित भएका छन् । यी उल्लेखित अधिकांश मुलुकहरु G7 र G20 का सदस्य राष्ट्रहरु पनि हुन् । जहाँ विश्वको कुल GDP 91 खर्ब ढेड अर्ब डलर मध्य G7 ले ४६ प्रतिशत र G20 ले ६०.८ प्रतिशत हिस्सा ओगटेका छन् । (WHO,30 March 2020 & WB report, 2020)

दक्षिण एसियाली मुलुकहरुमा भारत २.७२ खर्ब GDP सहित विश्वको सातौँ स्थानमा र नेपाल २९ अर्ब डलर GDP सहित १०२ औँँ स्थानमा पर्दछन् । जनसंख्याको आधारमा हेर्ने हो भने हाम्रा दुई छिमेकी मुलुक चीन र भारतमा विश्वको कुल जनसंख्या ७.७ अर्ब मध्ये क्रमशः १८.५ प्रतिशत र १७.७ प्रतिशत अर्थात् कुल जनसंख्याको ३६.३ प्रतिशत अटाएको अवस्था छ । (Worldometers.info,2020)

हाललाई COVID-19 को प्रभाव चीनमा केही नियन्त्रण जस्तो देखिए पनि अन्य विकसित मुलुकहरु इटली, स्पेन, अमेरिका, फ्रान्स अहिले झन झन आक्रान्त बन्दै गएका छन् । संसारभरि नै यसले जनधनसहित अत्यन्तै ठूलो क्षति र आंतक मच्चाइ रहेको छ । आज विश्वका धेरै देशहरुले यसको संक्रमणबाट निकै ठूलो आर्थिक र मानवीय क्षति व्यहोरिरहेका छन्, अधिकांश मुलुकहरुले आन्तरिक र बाह्य आवागमन बन्द गर्नुको साथै आफ्ना सम्पूर्ण उद्योग व्यवसाय र दैनिक कार्य ठप्प पारेको अवस्था छ ।

यो महामारीको औषधि अहिलेसम्म पत्तो लाग्न नसक्नु र संसारभर तिब्र गतिमा फैलिदै गएको कारण अहिले विश्वका शक्तिशाली भनिएका मुलुकहरु नै घुँडा टेक्ने अवस्थामा पुगेका छन् भने कमजोर मुलुकहरुको अवस्था के होला अनुमान लगाउन पनि गाह्रो छ । भविष्यमा यसले अझै कस्तो रुप लिने हो अहिले नै भन्न सकिने अवस्था पनि छैन । हाललाई यसको औषधि भनेको केबल हाम्रो इमानदारीता र सचेतना मात्र हो ।
यसै पनि विश्वमा आर्थिक असमानता यति धेरै चुलिएको छ कि संसारका लगभग १० प्रतिशत मानिससँग विश्वको ८५ प्रतिशत धन थुप्रिएको र बाँकी ९० प्रतिशत मानिससँग जम्मा १५ प्रतिशत मात्र धन रहेको छ । हुनत यो महामारिले धनी र गरिब कसैलाई चिन्दैन त्यसमा पनि अहिले यसको असर अझ धनी मुलुकहरुमा नै बढी परेको छ तर जब कमजोर मुलुकहरुमा यसले आक्रमण गर्न थाल्छ त्यति सजिलै यसलाई भगाउन सकिने अवस्था रहँदैन । त्यसैले यसको क्षति कुन देशले कति व्यहोर्नु पर्छ अहिले नै भन्न सकिने अवस्था त छैन तथापि मानव जीवनका हरेक क्षेत्रमा यसले निकै ठूलो क्षति र चुनौती थपिरहेको प्रष्ट देखिन्छ ।

सन् २०१४–२०१६ को Ebola-virus महामारीको अध्ययनबाट अहिलेको अवस्था बारे हामी केही अनुमान मात्र भए पनि लगाउन सक्छौ । त्यो बेला दक्षिण अफ्रिकी मुलुकमा ग्युनिया(२५४३), सिरिया लिवोन(३९५६) र लाइवेरिया(४८०९), नाइजेरिया (८), माली(७) सहित अमेरिका(१), इटली(१), स्पेन(१),सेनेगल(१),र ब्रिटेन(१) गरि जम्मा (११३२७) जनाको मृत्यु Ebola-virus को कारण भएको थियो भने कुल २८६१६ जना संक्रमित बिरामी रहेका थिए । त्यसको कुल खर्च ५३ अर्ब (५३ बिलियन अमेरिकी डलर) बराबरको भएको थियो । उक्त महामारीमा अमेरिकामा ४ जना बिरामी मध्य १ जानको मात्र ज्यान गएको थियो भने अमेरिकाले एक्लै २.३ बिलियन डलर बराबरको खर्च गरेको थियो । यो Ebola महामारीले TB, HIV जस्ता अन्य प्रकोप र महामारी पनि उत्पन्न गराउनुको साथै उद्योग, व्यापार, यातायात, पर्यटन, स्वास्थ, शिक्षा, कृषि, खनिज लगायतका क्षेत्रमा निकै ठूलो आर्थिक र सामाजिक क्षति पु¥याएको थियो । यसको प्रत्यक्ष असरलाई हामी खासगरी बढी प्रभावित मुलुकहरुको राष्ट्रिय आम्दानिमा शुन्य (०) देखि ऋणात्मक (–) सम्मको गिरावटबाट सजिलै अनुमान लगाउन सक्छौँ । (WHO,2016)

Ebolaले ३ वर्षको अवधिमा ३ वटा मुलुकहरुमा ९० प्रतिशत र बाँकी ७ वटा मुलुकहरूमा १० प्रतिशत गरि विश्वमा जम्मा १० वटा मुलुकहरुमा मात्र प्रभाव पारेको थियो । तर अहिले CFOVID-19 ले ३ महिनाको अन्तरालमा २०३ मुलुकमा प्रभाव पारिसकेको छ भने संक्रमितको संख्या जम्मा 858892जना र नयाँ थप ११ जनाको मृत्युसहित जम्मा 42158 जनाले ज्यान गुमाइ सकेको अवस्था छ । यो महामारीको कारण अहिले विश्व जगत नै ठप्प हुदै गइरहेको र सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय आर्थिक गतिविधीहरु बन्दको स्थितिमा पुगेका छन् । (WHO live report , 30 Marcfh 2020).

यी माथिका तथ्यांकहरुले हामी अहिले कस्तो अवस्थाबाट गुज्रिरहेका छौँ र भोलिको दिनमा यसले कस्तो असर देखिएला बुझ्न निकै सजिलो बनाउँछ । नेपाल जस्तो वैदेशिक रोजगारीले धानेको मुलुक, भारतसँगको खुला सिमानाको कारण नारायणी र महाकाली नदिमा समेत हामफाल्दै मातृभूमि फिर्नेको लर्को बिदेशबाट आएकाहरु चुपचाप परिवार र समाजमा घुलमिल भइरहेको अवस्था, लकडाउनको मर्म विपरीत खुलमखुल्ला बाटोमा हिडिरहेको अवस्था, संक्रमण चेकजाँच गर्ने सुरक्षित सामाग्रीको अभाव, स्वास्थ्य चेतनाको कमि, आयातमा निर्भर अर्थतन्त्र, वस्तुको उत्पादक, व्यापारी र सरकारबिच उचित समन्वयको कमि आदि कारणले Coronavirus को सन्त्रास घट्ने भन्दा पनि बढीरहेको आशंका गरिएको छ । यसैपनि यो रोग हानिकारक त छ नै त्यो भन्दा पनि डरलाग्दो कुरा चरम ग्लोवलाइजेसन र अनियन्त्रित आवतजावतको कारण यो फैलन सक्ने तिब्रता बढेर गएको छ । त्यसैले यो अन्य महामारी भन्दा निकै फरक र भयावह देखिएको छ ।

यसबाट विश्व अर्थतन्त्रमा निकै ठूलो उथलपुथल आउने त देखिएको छ नै तर त्यो भन्दा बढी महत्वपुर्ण कुरा चाहि यदि यहि अवस्था रहिरहने हो भने हाम्रो जस्तो मुलुकमा आर्थिक लेखाजोखा त के त्यस्तो कुनै पनि विज्ञ पाउन गाह्रो नपर्ला भन्न सकिन्न ।
अत एव,

सुरक्षित बसौँ, संयम बनौँ, इमानदार भएर क्वारेन्टाइन को नियम पालना गरौँ, स्वास्थ्य भै आफु पनि बाँचौँ अरुलाई पनि बचाऔँ, मुलुकलाई मानवीय र आर्थिक क्षति हुनबाट जोगाऔँ, विश्व मानव जातीको रक्षा गरौँ ।

वि.सं.२०७६ चैत २३ आइतवार १५:५७ मा प्रकाशित

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...