संयुक्त राष्ट्रसंघ (UNO) मा दर्ता भएका १९३ राष्ट्र र अन्य सबै गरि जम्मा २३४ राष्ट्रहरु मध्ये २०२ मुलुकहरु CFOVID-19 नामक प्राणघातक जीवाणुसँग लडिरहेको आज ३ महिना पूरा बितिसकेको छ । संसारकै शक्तिशालि राष्ट्रहरुको रुपमा चिनिने क्रमशः अमेरिका, चीन, जापान, जर्मन, युके, फ्रान्स, भारत, इटली, ब्राजिल, क्यानडा, रसिया, द.कोरिया, अष्ट्रेलिया र स्पेन, जो यो रोगबाट अहिले सबैभन्दा बढी प्रभावित भएका छन् । यी उल्लेखित अधिकांश मुलुकहरु G7 र G20 का सदस्य राष्ट्रहरु पनि हुन् । जहाँ विश्वको कुल GDP 91 खर्ब ढेड अर्ब डलर मध्य G7 ले ४६ प्रतिशत र G20 ले ६०.८ प्रतिशत हिस्सा ओगटेका छन् । (WHO,30 March 2020 & WB report, 2020)
दक्षिण एसियाली मुलुकहरुमा भारत २.७२ खर्ब GDP सहित विश्वको सातौँ स्थानमा र नेपाल २९ अर्ब डलर GDP सहित १०२ औँँ स्थानमा पर्दछन् । जनसंख्याको आधारमा हेर्ने हो भने हाम्रा दुई छिमेकी मुलुक चीन र भारतमा विश्वको कुल जनसंख्या ७.७ अर्ब मध्ये क्रमशः १८.५ प्रतिशत र १७.७ प्रतिशत अर्थात् कुल जनसंख्याको ३६.३ प्रतिशत अटाएको अवस्था छ । (Worldometers.info,2020)
हाललाई COVID-19 को प्रभाव चीनमा केही नियन्त्रण जस्तो देखिए पनि अन्य विकसित मुलुकहरु इटली, स्पेन, अमेरिका, फ्रान्स अहिले झन झन आक्रान्त बन्दै गएका छन् । संसारभरि नै यसले जनधनसहित अत्यन्तै ठूलो क्षति र आंतक मच्चाइ रहेको छ । आज विश्वका धेरै देशहरुले यसको संक्रमणबाट निकै ठूलो आर्थिक र मानवीय क्षति व्यहोरिरहेका छन्, अधिकांश मुलुकहरुले आन्तरिक र बाह्य आवागमन बन्द गर्नुको साथै आफ्ना सम्पूर्ण उद्योग व्यवसाय र दैनिक कार्य ठप्प पारेको अवस्था छ ।
यो महामारीको औषधि अहिलेसम्म पत्तो लाग्न नसक्नु र संसारभर तिब्र गतिमा फैलिदै गएको कारण अहिले विश्वका शक्तिशाली भनिएका मुलुकहरु नै घुँडा टेक्ने अवस्थामा पुगेका छन् भने कमजोर मुलुकहरुको अवस्था के होला अनुमान लगाउन पनि गाह्रो छ । भविष्यमा यसले अझै कस्तो रुप लिने हो अहिले नै भन्न सकिने अवस्था पनि छैन । हाललाई यसको औषधि भनेको केबल हाम्रो इमानदारीता र सचेतना मात्र हो ।
यसै पनि विश्वमा आर्थिक असमानता यति धेरै चुलिएको छ कि संसारका लगभग १० प्रतिशत मानिससँग विश्वको ८५ प्रतिशत धन थुप्रिएको र बाँकी ९० प्रतिशत मानिससँग जम्मा १५ प्रतिशत मात्र धन रहेको छ । हुनत यो महामारिले धनी र गरिब कसैलाई चिन्दैन त्यसमा पनि अहिले यसको असर अझ धनी मुलुकहरुमा नै बढी परेको छ तर जब कमजोर मुलुकहरुमा यसले आक्रमण गर्न थाल्छ त्यति सजिलै यसलाई भगाउन सकिने अवस्था रहँदैन । त्यसैले यसको क्षति कुन देशले कति व्यहोर्नु पर्छ अहिले नै भन्न सकिने अवस्था त छैन तथापि मानव जीवनका हरेक क्षेत्रमा यसले निकै ठूलो क्षति र चुनौती थपिरहेको प्रष्ट देखिन्छ ।
सन् २०१४–२०१६ को Ebola-virus महामारीको अध्ययनबाट अहिलेको अवस्था बारे हामी केही अनुमान मात्र भए पनि लगाउन सक्छौ । त्यो बेला दक्षिण अफ्रिकी मुलुकमा ग्युनिया(२५४३), सिरिया लिवोन(३९५६) र लाइवेरिया(४८०९), नाइजेरिया (८), माली(७) सहित अमेरिका(१), इटली(१), स्पेन(१),सेनेगल(१),र ब्रिटेन(१) गरि जम्मा (११३२७) जनाको मृत्यु Ebola-virus को कारण भएको थियो भने कुल २८६१६ जना संक्रमित बिरामी रहेका थिए । त्यसको कुल खर्च ५३ अर्ब (५३ बिलियन अमेरिकी डलर) बराबरको भएको थियो । उक्त महामारीमा अमेरिकामा ४ जना बिरामी मध्य १ जानको मात्र ज्यान गएको थियो भने अमेरिकाले एक्लै २.३ बिलियन डलर बराबरको खर्च गरेको थियो । यो Ebola महामारीले TB, HIV जस्ता अन्य प्रकोप र महामारी पनि उत्पन्न गराउनुको साथै उद्योग, व्यापार, यातायात, पर्यटन, स्वास्थ, शिक्षा, कृषि, खनिज लगायतका क्षेत्रमा निकै ठूलो आर्थिक र सामाजिक क्षति पु¥याएको थियो । यसको प्रत्यक्ष असरलाई हामी खासगरी बढी प्रभावित मुलुकहरुको राष्ट्रिय आम्दानिमा शुन्य (०) देखि ऋणात्मक (–) सम्मको गिरावटबाट सजिलै अनुमान लगाउन सक्छौँ । (WHO,2016)
Ebolaले ३ वर्षको अवधिमा ३ वटा मुलुकहरुमा ९० प्रतिशत र बाँकी ७ वटा मुलुकहरूमा १० प्रतिशत गरि विश्वमा जम्मा १० वटा मुलुकहरुमा मात्र प्रभाव पारेको थियो । तर अहिले CFOVID-19 ले ३ महिनाको अन्तरालमा २०३ मुलुकमा प्रभाव पारिसकेको छ भने संक्रमितको संख्या जम्मा 858892जना र नयाँ थप ११ जनाको मृत्युसहित जम्मा 42158 जनाले ज्यान गुमाइ सकेको अवस्था छ । यो महामारीको कारण अहिले विश्व जगत नै ठप्प हुदै गइरहेको र सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय आर्थिक गतिविधीहरु बन्दको स्थितिमा पुगेका छन् । (WHO live report , 30 Marcfh 2020).
यी माथिका तथ्यांकहरुले हामी अहिले कस्तो अवस्थाबाट गुज्रिरहेका छौँ र भोलिको दिनमा यसले कस्तो असर देखिएला बुझ्न निकै सजिलो बनाउँछ । नेपाल जस्तो वैदेशिक रोजगारीले धानेको मुलुक, भारतसँगको खुला सिमानाको कारण नारायणी र महाकाली नदिमा समेत हामफाल्दै मातृभूमि फिर्नेको लर्को बिदेशबाट आएकाहरु चुपचाप परिवार र समाजमा घुलमिल भइरहेको अवस्था, लकडाउनको मर्म विपरीत खुलमखुल्ला बाटोमा हिडिरहेको अवस्था, संक्रमण चेकजाँच गर्ने सुरक्षित सामाग्रीको अभाव, स्वास्थ्य चेतनाको कमि, आयातमा निर्भर अर्थतन्त्र, वस्तुको उत्पादक, व्यापारी र सरकारबिच उचित समन्वयको कमि आदि कारणले Coronavirus को सन्त्रास घट्ने भन्दा पनि बढीरहेको आशंका गरिएको छ । यसैपनि यो रोग हानिकारक त छ नै त्यो भन्दा पनि डरलाग्दो कुरा चरम ग्लोवलाइजेसन र अनियन्त्रित आवतजावतको कारण यो फैलन सक्ने तिब्रता बढेर गएको छ । त्यसैले यो अन्य महामारी भन्दा निकै फरक र भयावह देखिएको छ ।
यसबाट विश्व अर्थतन्त्रमा निकै ठूलो उथलपुथल आउने त देखिएको छ नै तर त्यो भन्दा बढी महत्वपुर्ण कुरा चाहि यदि यहि अवस्था रहिरहने हो भने हाम्रो जस्तो मुलुकमा आर्थिक लेखाजोखा त के त्यस्तो कुनै पनि विज्ञ पाउन गाह्रो नपर्ला भन्न सकिन्न ।
अत एव,
सुरक्षित बसौँ, संयम बनौँ, इमानदार भएर क्वारेन्टाइन को नियम पालना गरौँ, स्वास्थ्य भै आफु पनि बाँचौँ अरुलाई पनि बचाऔँ, मुलुकलाई मानवीय र आर्थिक क्षति हुनबाट जोगाऔँ, विश्व मानव जातीको रक्षा गरौँ ।
वि.सं.२०७६ चैत २३ आइतवार १५:५७ मा प्रकाशित






























