back
CTIZAN AD

कमजोरीप्रति पश्चाताप गर्न पुर्व प्रमुख आयुक्तको आग्रह

वि.सं.२०७६ चैत २५ मंगलवार

789 

shares

२५ चैत्र । पुर्व प्रमुख निर्वाचन आयुक्त तथा प्रशासनबिद भोजराज पोखरेलले कमजोरीप्रति पश्चाताप गर्दै गल्ति नदोहोयाउने प्रतिबद्धता ब्यक्त गर्नुपर्ने बताएका छन् ।

प्रधानमंत्रीज्यू लगायत सवै जिम्मेवार आदरणीय नेतृत्वगणमा अनुरोध भन्दै उनले ८  बुँदे सुझाव पनि दिएका छन् ।

उनले भनेका छन् :
“सार्वजनिक जिम्मेवारीमा रहेका हामी सवैबाट धेरै कमिकमजोरी र गल्तीपनि भएकाछन् । देश यतिखेर अपठेरो परिस्थितिमा त छदैंछ, हालको कठीन घडी पार लागेपछिको स्थितिपनि शासकीय हिसाबले तेति सहज नहुन सक्छ । त्यसैले, तपाईहरुकै अथक प्रयासबाट प्राप्त उपलब्धीको संरक्षणका लागि पनि समय छंदै गंभीर रुपले सोच्नुहोस्, दुखको यस घडीबाट तडपिएको यस बखतनै तपाईको सानो त्यागलेनै आम नागरिकको मन जीत्न र सकारात्मक सन्देशदिन सक्छ । यस्ता धेरै विषय होलान तर जनताले नचाहेका र तपाईले विना थप लगानी सहजै गर्न सक्ने तलका केही प्रतिनिधिमूलक उदाहरण यी हुनसक्छन् :
१) सांसद बिकास कोषको यो बर्षको खर्च हुन बाँकी रकम कोरोना महामारी नियंत्रणमा लगाउनुहोस् र अर्काे बजेटबाट यो कोष हटाउनुस्,

२) तोकिएका प्रकृया मिचेर बलियाले भनेका योजना जथाभावी समावेश गर्ने काम अबको बजेट र कार्यक्रममा कुनै हालतमा हुन नदिनुस्,

३) कानूनले दिएका भन्दा बाहीरका लिइरहनु भएका सवै सेवा सुबिधा फिर्ता गर्नुहोस् र अरुको पनि फिर्ता गराउनुहोस र आयन्दा यस्तो गल्ती नगर्ने सार्वजनिक बाचा गर्नास्,

४) सुरक्षा खतराको नाममा लिएको अनधिकृत र अतिरिक्त सुरक्षा हटाउनोस्, नागरिक सरह प्रस्तुत हुनुहोस्,

५) आगामी दिनमा प्रकृया, प्रणाली, पध्दति र नियम मिचेर आफू अनुकूल निर्णय गराउन हस्तछेप नगर्ने प्रण गर्नुस,

६) देशको साधन, श्रोत र अवसरलाई आफ्नै नाता, दाता, भ्राता वा मतदातामा मात्र पुर्याउने बिगतका गल्ती नदोहर्याइ बिधि बिधानभित्र रही निस्पक्ष र पारदर्शी ढंगबाट वितरणहुने कुरामा बिस्वस्त गराउनुहोस,

७) मेरो होइन- ठीक मान्छेलाई ठीक ठांउमा जिम्मेवारीदिने प्रतिबध्दता जनाउनुहोस्, र

८) विगतमा आफूहरुबाट भएका कमीकमजोरीप्रति पस्चाताप सहीत राष्ट्रसंग छ्यमायाचना गर्दै अब तेस्तो गल्ति नदोहर्याउने सामूहिक८ प्रतिबध्दता जनाउनुहोस् ।”

( २०४६ को परिबर्तनपछि नेतृत्व (दल वा सरकार प्रमुख) गर्ने सवैलाई इंगित गरी सामुहिक शव्द प्रयोग गरिएको छ ।)

वि.सं.२०७६ चैत २५ मंगलवार २०:५६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...