back
CTIZAN AD

‘सकेसम्म ल्याउनु, नसके उतै व्यवस्था गर्नु’, नेकपा नेता भन्छन् – अदालतको आदेशले सरकारलाई सजिलो

वि.सं.२०७६ चैत २५ मंगलवार

702 

shares

२५ चैत्र, काठमाडौँ । विदेशमा रहेका नेपाली नागरिकहरुलाई सरकारले वास्ता गरेन भनेर टिप्पणीहरु बढीरहेको बेला देशको सबैभन्दा ठूलो अदालतले सरकारका नाउँमा अन्तरिम आदेश जारी गरेको छ ।

‘विदेशमा रहेका देशमा आउन चाहने नेपाली नागरिकलाई नेपाल आउन रोक लगाउन नपाउने हुँदा आउन दिनु पर्ने र चाहेर पनि आउन नसक्नेलाई उद्धार गर्नु’ भनि अधिवक्ता मिना खड्का बस्नेत समेतले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदाललते अन्तरिम आदेश जारी गरेको हो ।

‘नेपाल आउन चाहने नागरिकलाई सम्बन्धित मुलुकसँग कुटनैतिक समन्वय गरी नेपाल ल्याउन आवश्यक व्यवस्था गर्ने, तत्काल सम्भव नभएसम्म खान, बस्न र स्वास्थ्य उपचारको प्रबन्ध तत्ततत्त स्थानमा गराउनु’ भनेको छ भने आइसकेकालाई व्यवस्थित ढंगले क्वारेटिन्मा राख्ने आदेश जारी गरेको छ । यसैगरी भारतबाट आउन चाहने र सीमानामा रहेका नेपालीको हकमा पनि सकेसम्म ल्याउनु, नसके लकडाउन अवधिसम्म खाना, बस्न र स्वास्थ्यको प्रबन्ध गराउनु भन्दै भिषा, डकुमेन्ट वा कागजको सहजीकरण गरीदिनु भन्ने आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधिस दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले चैत्र २५ गते मंगलबार जारी गरेको अन्तरिम आदेशले प्रवासी नेपालीका समस्यामा बोलेको पनि देखिएको छ भने सरकारको बाध्यतालाई पनि सम्बोधन गरेको छ । यस सम्बन्धमा नेकपाका नेता तथा प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाईले ‘अदालतको आदेशले सरकारलाई सजिलो’ भन्ने प्रतिक्रिया दिएका छन् ।

वि.सं.२०७६ चैत २५ मंगलवार २१:३२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...