back
CTIZAN AD

स्पेन सरकारद्धारा कोरोना प्रभावतिका लागि राहत कार्यक्रम घोषणाः भनाई भन्दा गराई फरक

वि.सं.२०७६ चैत २८ शुक्रवार

795 

shares

२८ चैत, स्पेन । स्पेन सरकारले कोरोना भाइरस प्रभावितहरुका विभिन्न राहतका कार्यक्रम घोषणा गरेपनि काम गराईमा फरक रहेको नेपाली जनसम्पर्क समिति स्पेनले जानकारी बताएको छ ।

कोरोना भाइरसका कारण स्ंकटकाल घोषणा गरेपछि राहत लगायतका अन्य कुराहरु सरकारको भनाइ र व्यवाहारिक भोगाइ फरक रहेको समितिले एक विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

सरकारको मार्च महिनाको ERTE लगायतका सबै खाले पारो अप्रिल १० तारिख सम्म पनि केही सिमित व्यक्तिहरुले मात्र पाएको र बाँकी सबैले यहि अप्रिलमा पाउने या मे महिना लागेपछि पाउने भन्ने अन्योल रहेको बताउँदै SEPE श्रमिक संघ -संगठन या सरकारले यसबारे अझै खुलस्त नपारेको पनि समितिद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी आज (१० अप्रिल) मा पत्रकार सम्मेलन गरेर सरकारले सोमबारदेखि सार्बजनिक सवारीमा मास्क बाड्ने भनेर भनिए पनि के कति अनि कसरी बाड्ने भन्ने समेत स्पष्ट नपारेको समितिले बताएको छ । ‘सबैलाई पुग्ने गरी मास्क बाड्ने या अहिले सिमित संख्यामा मात्र बाड्ने भनेर स्पस्ट नतोकिएको र विहिबार कातालुन्या सरकारले मंगलबारदेखि मास्क बाड्ने भनेर निर्णय सुनाए पनि २० अप्रिलबाट मात्र बाडिने भनेर आफ्नै निर्णयबाट सरकार पछि हटेको पनि त्यहाँका संचार माध्यमले समाचार प्रकाशन गरेका छन् ।’ संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै घर भाडा, कर्जा, यो कोरोनाका कारण दिइने सहुलियत व्यवयासायिक कर्जामा सरकारको घोषणा अनुसारको न्यून व्याजदर भन्दा बैंकले लिने व्याजदर फरक पाइएको तथा सरकाले कर्जा बापतको खर्च प्रशासनिक खर्च नलाग्ने भनिए पनि बैंकहरुले लिने गरेको समेत समितिद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

वि.सं.२०७६ चैत २८ शुक्रवार २२:३२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...