back
CTIZAN AD

कामदारका लागि यसकारण उदाहरणीय छ पोर्चुगल

वि.सं.२०७७ वैशाख १ सोमवार

666 

shares

म पनि सोच्थे पहिला पोर्चुगल युरोपको अली कमजोर राष्ट्र हो कि भनेर । तर, आजकल त्यस्तो लाग्दैन । संसारका महाशक्ति भनिएका देशहरुमा आज स्वास्थ्य जाँच गर्न नै कठिन स्थिति आईरहेको खबर सुनिरहदा पोर्चुगलमा कार्ड नभएका र यहाँ बस्न चाहन्छु भनेर यहाँको अध्यागमन निकाय हेर्ने सेफमा निबेदन दिनु भएकालाई आपत्कालिन अवस्था भरी यहाँको नागरिक सरह नै सुबिधा दिने निर्णय गरी मानवियताको गतिलो उदाहरण फेरि पनि पोर्चुगलले देखाएको छ ।

अब प्रश्न आउन सक्छ के हो त त्यो सुबिधा भनेको ?
यहाँको नागरिक सरह सुबिधा भनेको आपत्कालिन अवस्था देशमा लागु रहुन्जेलसम्म मात्र कार्ड नभएर कोही पनि आप्रवासीहरु बिरामी भएको अवस्थामा उनिहरुको उपचारमा कुनै कमी हुदैन–अरु बेलामा यो सामान्य लाग्छ तर बिरामी भएर भोग्नेलाई यस्को महत्व थाह हुन्छ । यस्को उदाहरण मैले कतिपटक साथीहरुको स्वास्थ्य समस्या परेको बेला एम्बुलेन्सलाई फोन गर्दा कसैले कार्ड नम्बर कहाँ को हो नसोधी एम्बुलेन्स पठाइ चेक जाँच गरी फर्कनु भएकाहरु भन्नु हुन्छ ।

हो नि, समय अनुकुल रहुन्जेल हात खुट्टा रहुन्जेल त काम गर्नु नै पर्छ । काम गर्न नै सरकारले त्यस्तै मापदण्ड बनाउनु पर्छ । त्यसैले त यति ट्याक्स तिर्नुपर्छ कार्डको लागि यति महिनाको पेस्लिप देखाउनु पर्छ, भर्खरै काम गर्दै छ भन्ने कम्पनीको डिक्लेरेसाओ चाहिन्छ भनेर नियम बनाएको । यो नियम कार्ड दिन नपरोस्, गार्हो परोस् आप्रवासीलाई भनेर हैन यो त सबैजना काम खोजुन्, काम सानो ठूलो नभनी देश बिकासमा सबैले योगदान गरुन भनेर हो ।

आज जसरी सारा संसारकै जस्तो यहाँको ब्यवसायमा पनि ठुलो धक्का पुगेको छ । यो अवस्थामा लेअफ र सोसियल बेनेफिटको लागि लिगल नभएका आप्रवासीलाई सामावेश गरेको देख्दा लाग्छ पोर्चुगल महान छ । जहाँ जुनसुकै भू–भागबाट आएको आप्रवासी होस् खानाकै समस्या छ भने निरन्तर धेरै ठाउँमा निशुल्क खानाको ब्यबस्था पनि गरेको छ । अब म यहाँ अलिकती कुरा जोड्छु सोसियल सुबिधा सम्बन्धीः

केहो ‘लेअफ’ र के हो ‘फुन्दो’ ?

यदी कुनै ब्यवसाय वा कम्पनीको कारोबारमा एक्कासी गिरावट आयो विभिन्न कारण जस्तै अहिलेको जस्तो महामारी, प्राकृतिक प्रकोप, आर्थिक संकट, जस्ता बिबिध अकल्पनिय घटना भएको अवस्थामा सरकारले कम्पनी पनि नडुबोस र कर्मचारीको कामको पनि सुनिश्चित होस् भनेर छ महिनासम्म र अवस्था नियाली बढीमा एक बर्षसम्म पनि दिन सकिने एक किसिमको आर्थिक सुबिधा हो । यस्को लागि अहिलेको कोरोनाको प्रकोप पनि अन्तरराष्ट्रिय महामारी भएको हुनाले कुनै पनि चलिरहेको ब्यवसाय जस्ले पहिला नै पोर्चुगलको सोसियल फिनान्सामा योगदान दिईसकेका छन् उनिहरुले यो सुबिधा प्रयोग गर्न पाउछन् ।

यस्को प्रकृया भनेको कम्पनीले पोर्चुगलको सामाजिक सुरक्षा निकाय (Social) अप्लाई गर्छ । कम्पनीले कर्मचारीलाई तिर्ने हो र त्यस्को भरपाइ सोसियलले कम्पनीलाई गर्ने हो र यो ‘ले अफ’ तिरेको पैसा बराबरको सोसियल कन्ट्रिब्युसन गर्ने जिम्मा पनि कम्पनीकै हुन्छ ।
‘ले अफ’ भन्ने बित्तिकै कुनै पनि कम्पनीले अन्य कारण बाहेक बिचमा काम कन्ट्र्याक्ट काट्न नियममा पाईदैन । यद्यपी कर्मचारीको कारण देखाइ वा कर्मचारीलाई स्वतः निस्केको भन्ने कागज बनाएर दिने गरेको पनि मैले धेरै देख्दै आएको छु । यो अवस्थामा कन्ट्र्याक्ट अवधी सकिएको छ भने रिन्यू नगर्न कम्पनीले पाउछ ।  राम्रो कम्पनीहरुले कार्ड नभएकोहरुलाई पनि यो सुबिधा दिएको छन् ।
अब कुरा गरौ फुन्दो को
‘ले अफ’ र ’फुन्दो’ लाई म सामान्य भाषामा सजिलो तरिकाले बुझ्न सकिने र अन्योल नहुने तरीकाले मात्र बताउछु यहाँ । सजिलो के भने यदी तपाईंको कन्ट्रयाक्ट काटिएको छैन र काम मात्र रोकिएको हो भने तपाईंले पाउने ले अफ हो जस्को सबै प्रकृया तपाईं हामीले गर्नु पर्दैन कम्पनी आँफैले गर्छ । अर्को, यदी तपाईंको कन्ट्र्याक्ट काटिएको छ र काम बाट नै एउटा पत्र तपाईंलाई दिएको छ भने तपाईंले फुन्दो अप्लाई गर्न सक्नु हुन्छ । शायद लेअफ र फुन्दो बारे थोरै भए पनि बुझाउन सक्छु कि । अब ले अफ त सबै काम गर्ने ठाउँमा निहित हुन्छ हामीले पाउने रकम हो अरु केही गर्नु पर्दैनः कति पाउने भन्ने कुरा केही कम्पनीले १०० प्रतिशत नै दिएको छन् केहीले ७० दिएका छन् किन भने सोसियलले कम्पनीलाई ७० प्रतिशत भरपाइ गर्छ ।

फुन्दो त पहिलाबाट नै धेरै जनाले उपभोग गर्दै आउनु भएको कुरा हो , अहिले मात्र अप्लाई गर्ने तरिका थोरै फरक भएको हो लक्डाउन का कारण । फुन्दोको लागि अहिले तपाईंलाई कम्पनीले काम सकियो भनेर दिएको कागजका साथ साथै मोडेलो ५०४४ फारम र सेन्ट्रो इम्प्रेगो को फारम भरी आफ्नो पायक पर्ने ठाउँको सेन्ट्रो इम्प्रेगो को ईमेलबाट प्रोसेस गर्नु पर्छ । अहिले यो प्रकृयाको प्रोसेसिङ ईमेलबाट नै गरेको छ किन भने अत्यावस्यक बाहेक अरु कामको लागि कुनै पनि अफिसमा सतर्कताको लागि पनि जान अनुमति छैन ।
फुन्दो दिने पनि सोसियलले नै हो तर सेन्ट्रो इम्प्रेगो मार्फत सोसियल सँग जोडीन्छ । यसरी ईमेल पठाएपछी त्यसको प्रतिउत्तर ईमेलमा नै आउछ अनी प्रकृया अगाडि बढ्छ । सबै प्रकृया रजिस्टर भएपछी तपाइको सोसियल सेगुरान्सा सिस्टममा देखिन्छ, यस्को सबै गाईड भिडियो डिटेल नबिन खबर पेजमा उपलब्ध छन् ।

अर्को कुरा अब कार्ड नभएकोले फुन्दो पाउछ कि पाउदैन ?
कार्ड नभएकोहरुले फुन्दो अप्लाई गर्न पाउदैन तर अहिले सेफ सर्टिफिकेट भएकोलाई नागरिक बराबर सुबिधा दिने सरकारको निर्णयलाई स्विकार गर्दा कार्ड नभएकोहरु र पहिला सोसियलमा योग्दान गर्नु भएकाहरुले पनि मोडेलो ५०४४ फारम भरी काम छुटेको कम्पनीको छाप लगाइ ईमेल गर्न भनेको छ । अन्य जानकारीका लागि यस्मा ईमेल गर्न सक्नु हुनेछ ।

Iefponline.iefp.pt

Se.picoas.marcacao@iefp.pt

Se.benfica@iefp.pt

Cte.viseu.drc@iefp.pt

Cte.porto@iefp.pt nufot लगायत अन्य सेंट्रो इमप्रेगोको ईमेल
वा यो वेबसाइट iefponline हेर्न सक्नु हुनेछ ।

वि.सं.२०७७ वैशाख १ सोमवार १३:५८ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...