Logo
१३ मंसिर २०७८, सोमबार
     Mon Nov 29 2021
E-paper
  English Edition
   Unicode
Logo

लुकाइएका मानवअधिकार हननका घटनाक खोज्न सुझाव



 ५ पुस,रोल्पा । सांसद अमरसिंह पुनले गाउँ गाउँमा लुकाइएका मानवअधिकार हननका घटना सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ ।

इन्सेक रोल्पाले आज सदरमुकाम लिवाङमा गरेको ‘नेपाल मानवअधिकार वर्ष पुस्तक २०१७’ को पूर्वसमीक्षा कार्यक्रममा सांसद पुनले राजनीतिक पद र शक्तिका आडमा मानवाधिकार उलङ्घङ्नका घटना दबाइने गरेको बताउँदै जिल्लाका मानवाधिकार क्षेत्रमा काम गर्ने संस्था र सञ्चारमाध्यमलाई त्यस्ता घटना बाहिर ल्याउन आग्रह गर्नुभयो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि माधवकुमार ओलीले सन् २०१६ मा जिल्लामा भएका मानवअधिकार १४ उलङ्घनसम्बन्धी घटनाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिवेदनमा उल्लिखित मानवाधिकार उल्लङ्घनका घटनामा बोक्सी आरोप, बालविवाह, शिशु हत्या, बालक हत्या, बलात्कार, पतिद्वारा हत्या दुई दुई तथा यौन दुव्र्यवहार र नागरिकता नबनाइदिएको एक घटना उल्लेख छ । प्रतिवेदनमा घरेलु हिंसाका २५ घटना समेत समावेश गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ रोल्पाका अध्यक्ष महेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले गाउँ गाउँमा हुने मानवाधिकार उल्लङ्घनका घटनालाई समावेश गर्नुपर्ने सुझाव दिएका थिए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा प्रस्तुत गर्ने पदाधिकारी र केन्द्रीय

काठमाडौं । नेतृत्व चयनमा सर्वसम्मतीको प्रयास गरिरहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै समूहभित्रको

काठमाडौं । सर्वसम्मत नेतृत्व चयनको प्रयासमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँग व्यक्तिगत

फर्शुराम भुर्तेल,पर्वत । गण्डकी प्रदेश पर्वत जिल्लाको पैञ्यू गाउँपालिकामा माओवादी शक्ति पुर्नसंगठित हुँदै अघि

अफ्रिका । इमिरेट्स एयरलाईन्सद्धारा घानाको एयरपोर्टमा अचेत अवस्थामा छोडिएका रुकुमका रुपक बोहोराको उपचारकै क्रममा