back
CTIZAN AD

श्वास फेर्न निकै नै गार्हो नभएसम्म मैले कोरोना टेस्ट गर्न पाउँनेछैन

वि.सं.२०७७ वैशाख ४ बिहीवार

789 

shares

म पुर्ण रूपमा स्वस्थ ब्यक्ति भएको र मलाई डाईबेटिज, मुटुको रोग लगायतका कुनै अरू रोग नभएको, म स्वास्थ्य कर्मी नभएको र म कोरोना संक्रमित पेसेन्टको सम्पर्कमा सिधै नआएको हुँदा मैले कोरोना टेस्ट किट अभावका कारण टेस्ट गर्ने criteria meet  गर्दिन । त्यसैले अहिले अलि अलि छाती दुखेको र बेलाबेलामा श्वास फेर्न अलि अलि गार्है भएपनि श्वास फेर्न निकै नै गार्हो नभएसम्म मैले कोरोना टेस्ट गर्न पाउँनेछैन । श्वास फेर्न गार्हो भई हिरिक हिरिक नै पारेमा भने मलाई ईमरजेन्सि रूममा जान सुझाव दिइएको छ ।

अमेरिकाबाट सञ्चालित इनेप्लिज डटकममा ‘सच्चीको साथमा’ टक सो सञ्चालन गर्दै आएकी सञ्चारकर्मी सच्ची मैनाली आफूलाई कोरोना भाइरसँग मिल्दो लक्षण देखिएपछि उनले जनचेतनाका लागि भन्दै आफूमा देखिएका लक्षण र अनुभूति राख्दै आएकी छिन् ।

सॉढें ३ घण्टा शारिरीक पीडा भोग्दैमा कुनै टेस्ट नै नगरी मैले यो Status किन लेखें ?

उनले दिएको यो जानकारी हामी सबैका लागि उपयोगी हुने भएका कारण उनको स्टाटसबाट साभार गरिएको छ ।

उनले लेखेकी छिन् :
२४ घण्टा अघि बुलेटको गतिमा आएको पीडा आज कछुवाको गतिमा छ र सहनसक्ने पनि भएको छ । बुलेटले कछुवाको गति लिएपनि दुख भने निरन्तर दिईनैरहेको छ ।

कुनै बेला डङ्रङै ढालिदिन्छ त कुनै बेला उठ्न त दिन्छ तर बारम्बार जिस्क्याई रहन्छ, सताईरहन्छ । आज त ३ घण्टा भन्दा बढि सुत्न पनि दिएन । कुनै बेला अलिकति श्वास फेर्न गार्हो हुने, बेला बेलामा अलिकति छाती दुख्ने बाहेक एक दुईपटक मात्रै खोकि थपिएको छ ।

डक्टरले पनि COVID-19 कै संका गर्यो । हरेक ८ घण्टामा 1000mg  को Tylenol र Tami Flu  खान र रेष्ट गर्नुभन्ने डक्टरको सल्लाह छ ।

यस बिच मेरो फोनमा यहॉहरूको माया स्वरूप फोन कल, मेसेन्जर,भाईबर, रेगुलर मेसेजमा मेसेजको बाढि आएको छ । तर चाहेर पनि जवाफ फर्काउन सकेको छैन । कतिले त मेरो फोन नउठेपछि आत्तिएर एक अर्कोलाई फोन गरेर जानकारी लिएको पनि थाहा पाएँ । शायद तपॉईंहरूको ठाउँमा म भएको भए मलाई पनि त्यस्तै हुन्थ्यो होला । धेरै जनाले मेरो अवस्था update गर्न अनुरोध गर्नुभएको छ । केहि मेसेज हेरें, केहिलाई रिप्लाई गरें तर सबैको जवाफ दिन यतिखेर म असमर्थ भएकोले फेरि एकमुष्ठ Status नै लेखेको छु ।

यतिखेर म आफ्नो घरमा नै आईसोलेसनमा छु । COVID-19 को संका गरिएपनि मेरो लागी यतिखेर कुनै टेस्ट उपलब्ध छैन ।

मैले कोरोना भए नभएको टेस्ट गर्न किन नपाउनेरु मेरो डाक्टरको भनाई अनुसार –

म पुर्ण रूपमा स्वस्थ ब्यक्ति भएको र मलाई डाईबेटिज, मुटुको रोग लगायतका कुनै अरू रोग नभएको, म स्वास्थ्य कर्मी नभएको र म कोरोना संक्रमित पेसेन्टको सम्पर्कमा सिधै नआएको हुँदा मैले कोरोना टेस्ट किट अभावका कारण टेस्ट गर्ने criteria meet  गर्दिन । त्यसैले अहिले अलि अलि छाती दुखेको र बेलाबेलामा श्वास फेर्न अलि अलि गार्है भएपनि श्वास फेर्न निकै नै गार्हो नभएसम्म मैले कोरोना टेस्ट गर्न पाउँनेछैन । श्वास फेर्न गार्हो भई हिरिक हिरिक नै पारेमा भने मलाई ईमरजेन्सि रूममा जान सुझाव दिइएको छ ।

यहॉहरूको जानकारीको लागी  –
यतिखेर कोभिड पोजेटिभनै देखिईसकेका पेसेन्टहरूलाई पनि घरमै आईसोलेसनमा बस्न भनिएको छ । उनीहरू पनि श्वास फेर्न गार्हो भई हिरिक हिरिक नभईन्जेलसम्म ईमरजेन्सिमा जाने परिस्थिति छैन । अहिले अमेरिकाको परिस्थिति हेर्दा संक्रमित नभएकाले पनि अस्पतालबाटै संक्रमण बोकेर आउन सक्ने भएकोले अनावश्यक रूपमा अस्पताल नगएकै राम्रो भन्ने सल्लाह बिशेषज्ञहरूको छ । यतिखेर कोरोनाको अघि अरू सबै समस्याहरू गौण छन् । कोरोना पोजेटिभनै भएपनि ईमरजेन्सि जान र टेस्टcriteria meet  गर्न पनि श्वास फेर्न नसकेर हिरिक हिरिक नै हुनुपर्ने अवस्था छ । शायद त्यसैले यसलाई महामारी भनिएको होला । महामारीमा यस्तै हुने रहेछ । त्यसैले बेलैमा सबै सजग रहौं । सबैले बुझौं, यो सामान्य परिस्थिति होईन । कोरोना लागेर यससंग संघर्ष गर्नुभन्दा कोरोना लाग्नै नदिने बाटो रोज्ने हर सम्भव कोशिस गरौं, साबधानी अपनाऔं तर कोरोना लागीहालेमा भने डटेर यसको सामना गरौं । नआत्तिऔं ! आफु पनि बचौं र अरूलाई पनि बचाऔं१

मैले लेख्न सक्दासम्म अपडेट दिनुपर्ने अवस्थामा निरन्तर लेखिरहनेछु । यहॉहरू नआत्तिनुहोला !

वि.सं.२०७७ वैशाख ४ बिहीवार ०९:५५ मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...