१३ वैशाख, काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ईन्टरनेट ब्याण्डविथ बढाउन कुनै समस्या नरहेको बताएका छन ।प्राधिकरण ईन्टरनेट सेवा प्रदायकहरुको नियामक निकाय हो ।
इन्टरनेट सेवा प्रदायकहरुले कोरोना भाइरसको विश्वव्यापि माहामारीका कारण ब्याण्डविथमा ५० प्रतिशतभन्दा बढी चाप परेका कारण ईन्टरनेट सेवा सुस्त हुने बताईरहेका बेला खनालले यस्तो बताएका हुन ।
“इन्टरनेट ब्याण्डविथ बढाउने कुरामा कुनै समस्या छैन ।” खनालले भने “सेवा प्रदायकहरुले भेन्डरलाई भुक्तानी गर्न नसक्ने हुनाले त्यस्तो भनेका होलान ।”
कोरोनाको माहामारी बिश्वव्यापि रुपमा नै भएको र लकडाउनमा धेरैले इन्टरनेटको प्रयोग गरेको हुनाले सबै तिर चाप रहेको भन्दै खनालले डेडिकेटेट ईन्टरनेट सुबिधा लिनेहरुलाई कुनै पनि समस्या नहुने बताए ।
अहिले नेपालको इन्टरनेटमा साविक भन्दा ३५ प्रतिशत चाप रहेको जानकारी पनि उनले दिएका छन । ईन्टरनेट धेरैले सेयर गरेर चलाउने चिज भएकोले अहिले अलिअलि समस्या आएको उनको भनाई छ ।
सरकारले कडाई गरेसंगै इन्टरनेटमा चाप, ब्याण्ड विथ धान्नै कठिन
अहिले विश्वव्यापि रुपमा नै इन्टरनेटमा चाप भएकका कारण युट्युब र नेफ्लिक्सले पनि आफ्नो पुर्बवत क्षमतालाई घटाएको उनको भनाई छ ।
प्राधीकरणले भनेको कुरालाई गलत तरिकाले प्रचार गरिएको उनको गुनासो छ । “लकडाउनका बेलामा अधिकांस ठाउँहरु बन्दहुने भएकाले नसक्ने बृद्धबृद्धा, अपांगहरुको पहुँचलाई बिच्छेद नगर्न आग्रह गरिएको कुरालाई गलत अर्थ लगाईयो ।” उनले भने ।
“सबैजना पैसा तिर्ने क्षमता नभएका मात्र हुँदैनन नी ।” खनालले भने “असक्तहरुको सन्दर्भमा पो हामीले इन्टरनेट नकाट्नु भनेका हौं त ।”
यस अघि इन्टरनेट सेवा प्रदायकहरुको साझा संस्था ईस्पानले ब्याण्डविथको चाप धान्न नसकिने बताएको थियो भने जस्तोसुकै अबस्था भएपनि भुक्तानी नहुँदा ईन्टरनेट सेवा उपलब्ध गराउन नसकिने बताएको थियो । (कुराकानीमा आधारित)
वि.सं.२०७७ वैशाख १३ शनिवार १०:५४ मा प्रकाशित



























