समय नै सबै भन्दा ठूलो गुरु हो
आवश्यकता अनुसार सबै पाठ सिकाएर जान्छ ।
पहिला पहिला हुने गथ्यो बाघ भालुको भय,
आज मान्छे ,मान्छे सगै डराउनी दिन आए ।
घरै भित्र कैदी भा छौ बिकासका बाहक,
जहिले पनि हातै थापी माग्नु पर्नी राहात ।
हाम्लाई पिर छ बिहान बेलुका हात मुख जोरनाले ,
अणु बम र एटम बमलाई जित्यो कोरोनाले ।
प्रभावीत छ जनजीवन महामारी रोगको,
खोल्यो टि.भी. रेडियोमा समाचार छ शोकको ।
नसक्याछ अमेरिका, न ईटली, चाईना,
लाखौ मरे अकालमा भनी साध्य छैन ।
विकसित देशको त भएको छ त्यो चाल,
फैल्यो भने नेपालमा होला कति बेहाल ।
चुनावको परिणाम झै मृत्यु संख्या हेर्दै,
छैन शान्ति उठ्यो बस्यो लामो सास फेर्दै ।
हामी आफ्नै स्वदेशमा छौ ,त्यसै माथि घरमा,
विदेश हुने आफन्तको कति होला मर्म ?
लासैमाथि लासको थुप्रो थाल्छ मुटु काम्न,
टिलपिल आँसु नयनमा सकिएन थाम्न ।
परिवार सगै बस्न कस्लाई हुन्न रहर ?
बुझेकै छौ बिदेश पनि रहर होईन कहर ।
कहिले पत्ता लाग्ला दबाई कोरोनालाई मास्न,
सिमा पारी सन्तान रुँदा को सक्छ र हाँस्न ।
कोही कमाउन, कोही गएका राम्रो डिग्री लिन,
मनमा ठुलै पछुतो छ पठाईएछ किन ?
पहिला हुन्थ्यो रमाईलो गाउँमा लाहुरे आउँदा,
छिमेकी नी खुशी हुन्थे मरमसला पाउदा ।
आगन,पिडी भिड हुन्थ्यो लाहुरे भेट्न आउदा,
हामी पनि खुशी हुन्थ्यौ दुइटा चक्लेट पाउदा ।
हिजको त्यै लाहुरे आज अपराधी झै भा छ,
मान्छे ठुलो होईन हजुर समय नै रच ।
उस्को पनि के दोष हो र ज्यानको माया हुन्छ,
कस्तो घाती रोग रहिछ सम्झदा मन रुन्छ ।
आफ्नै ज्यान प्यारो रहिछ, अन्तिम पर्दा खेरि,
निरिह भै बस्नु पर्ने टुलुटुलु हेरी ।
अन्तिम बेला कोहि हुदैनन् एकलै रुनी हो,
डरै डर छ सबको मनमा भोली के हुनी हो ???
वि.सं.२०७७ वैशाख १३ शनिवार १२:३९ मा प्रकाशित






























