back
CTIZAN AD

कविताः समय नै गुरु

वि.सं.२०७७ वैशाख १३ शनिवार

1.4K 

shares

समय नै सबै भन्दा ठूलो गुरु हो
आवश्यकता अनुसार सबै पाठ सिकाएर जान्छ ।
पहिला पहिला हुने गथ्यो बाघ भालुको भय,
आज मान्छे ,मान्छे सगै डराउनी दिन आए ।
घरै भित्र कैदी भा छौ बिकासका बाहक,
जहिले पनि हातै थापी माग्नु पर्नी राहात ।

हाम्लाई पिर छ बिहान बेलुका हात मुख जोरनाले ,
अणु बम र एटम बमलाई जित्यो कोरोनाले ।
प्रभावीत छ जनजीवन महामारी रोगको,
खोल्यो टि.भी. रेडियोमा समाचार छ शोकको ।

नसक्याछ अमेरिका, न ईटली, चाईना,
लाखौ मरे अकालमा भनी साध्य छैन ।
विकसित देशको त भएको छ त्यो चाल,
फैल्यो भने नेपालमा होला कति बेहाल ।

चुनावको परिणाम झै मृत्यु संख्या हेर्दै,
छैन शान्ति उठ्यो बस्यो लामो सास फेर्दै ।
हामी आफ्नै स्वदेशमा छौ ,त्यसै माथि घरमा,
विदेश हुने आफन्तको कति होला मर्म ?

लासैमाथि लासको थुप्रो थाल्छ मुटु काम्न,
टिलपिल आँसु नयनमा सकिएन थाम्न ।
परिवार सगै बस्न कस्लाई हुन्न रहर ?
बुझेकै छौ बिदेश पनि रहर होईन कहर ।

कहिले पत्ता लाग्ला दबाई कोरोनालाई मास्न,
सिमा पारी सन्तान रुँदा को सक्छ र हाँस्न ।
कोही कमाउन, कोही गएका राम्रो डिग्री लिन,
मनमा ठुलै पछुतो छ पठाईएछ किन ?

पहिला हुन्थ्यो रमाईलो गाउँमा लाहुरे आउँदा,
छिमेकी नी खुशी हुन्थे मरमसला पाउदा ।
आगन,पिडी भिड हुन्थ्यो लाहुरे भेट्न आउदा,
हामी पनि खुशी हुन्थ्यौ दुइटा चक्लेट पाउदा ।

हिजको त्यै लाहुरे आज अपराधी झै भा छ,
मान्छे ठुलो होईन हजुर समय नै रच ।
उस्को पनि के दोष हो र ज्यानको माया हुन्छ,
कस्तो घाती रोग रहिछ सम्झदा मन रुन्छ ।

आफ्नै ज्यान प्यारो रहिछ, अन्तिम पर्दा खेरि,
निरिह भै बस्नु पर्ने टुलुटुलु हेरी ।
अन्तिम बेला कोहि हुदैनन् एकलै रुनी हो,
डरै डर छ सबको मनमा भोली के हुनी हो ???

वि.सं.२०७७ वैशाख १३ शनिवार १२:३९ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...