back
CTIZAN AD

कविता: दाइजो विरुद्ध

वि.सं.२०७७ वैशाख १३ शनिवार

1.9K 

shares
धेरै पटक
लडाउन खोजेका थियौ तिमीहरूले
कोपर्न खोजेका थियौ

तिम्रो आडम्बर भित्र
बन्दक राखेर अस्तित्व
उजिन्नेमा राखेर स्वाभिमान

मैले तिम्रो अधिनायक सोचसंग
सम्झौता गरेकै हुँ
छोपेर छियाछिया परेका हृदयका
टुक्राहरु
लुकाएर नयनका कुन्डकुन्डमा आक्रोश
छिपाएर पाखुरीमा तागत
मैले
तिम्रो अधिनायक सोचसंग
सम्झौता गरेकै हुँ

फकृएका फुलका
पत्रपत्र छुट्टाएर
रमाइलो मनाउने
नक्कली माली हौ तिमी

मुस्कुराएका ओठहरु उधारेर
पर्व मनाउने नक्कली पुजारी हौ तिमी
जीवनका रक्तिम रेखाहरुमा
षड्यन्त्रका बम पड्काउने
विध्वंसात्मक पात्र हौ तिमी

तिमीहरूको कालो संस्कार भित्र
मैले आफैलाई आहुती दिएकै हुँ
अनि संझौता गरेकै हुँ
दाइजोमा चित्त नबुझे कै कारण
हजारौं चोटहरु सहिरहेँ
दाइजोमा कमि भएकै कारण
हजारौं अपमान पिइरहेँ
कोसेली कमि भएकै कारण
के पो सहेन र
यो कोमल हृदयले

आज पनि ताजै छन्
तिमीले फिर्ता गराएका कोसेलीका पोकाहरु
तिम्रो फोस्रो संस्कारले मारेका
जिउँदा मनहरु खोज
तिम्रो घमण्डले जलाएका
घायल आत्माहरु खोज
कयौं कोमल हृदयका
मलामी गयौ धेरै पटक

अझ पनि
किन घाम लाग्दैन
तिम्रो अन्धकार मानसपटलमा
अझ पनि किन खुल्दैन हृदय
कहिले सम्म दन्किरहन्छ घमण्डको ज्वाला
कहिलेसम्म चुलिरहन्छ अहमको पहाड

अब त ,,
समयले नै दिने छ दन्ड
परिस्थितिले सिकाउने छ पाठ
तिम्रो
अहम् जल्ने छ
ढल्ने छ अहंकार को पहाड

उठ्ने छन्
सुषुप्त मनहरु
अनि बाल्ने छन्
उन्मुक्तिको दियो ।।

रामघाट ,पोखरा

वि.सं.२०७७ वैशाख १३ शनिवार १२:४२ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...