कागती खेतीको लागी कस्तो हावापानी चाहिन्छ ?
बर्ष भरिनै न्यानो र ओषिलो हावापानी भएको उष्ण प्रदेश देखि हिउँ र तुषारो नपर्ने उपोष्ण क्षेत्रसम्म (१०० मीटर देखि १८०० मीटर उचाई सम्म) को हावापानीमा यसको खेती गर्न सकिन्छ ।
कागतीलाई सिचाई गर्न आवश्यक हुन्छ ?
सुख्खा मौसममा कागतीको वोटलाई पानीको आवश्यकता पुरा गर्न सिंचाई पानीको आवश्यकता पर्दछ ।
कागती खेतीको लागी कस्तो माटोको आवश्यक पर्दछ ?
जमिनको सतह देखि २ मीटर गहिरो सम्म चट्टान नभएको, पानी नजम्ने प्रशस्त प्राङ्गगारिक पदार्थ भएको, माटोको पि.एच. ५.५–६.५ सम्म भएको दोमट माटो सवै भन्दा उपयुक्त हुन्छ।
कागतीको वोट रोपने दुरी कति राख्नु पर्ने हो ?
व्यवसायीक बगैंचा स्थापना गर्दा ३x ३ मीटरको दुरीमा विरुवा रोप्नु पर्दछ ।
कागती खेतीको लागी कस्तो जग्गाको छनौट गर्नु पर्छ ?
पानी नजम्ने, बार बन्देज लगाउन सकिने, पानीको भल नआउने, मोटरवाटोले छोएको र पानीको श्रोत भएको जग्गाको छनौट गर्नु पर्छ ।
कागतीको विरुवा रोप्न के कस्तो तैयारी गर्नु पर्छ ?
कागती सम्बन्धी विज्ञको सल्लाह लिई रेखाङ्कन गरि विरुवा रोप्नु भन्दा २–३ महिना पहिले नै २–३ घनफिटको खाल्डो खन्ने ।
खाडल कहिले खन्ने ?
बैशाख महिना भित्र ।
खाडल कहिले भर्ने ?
जेठ महिना भित्र ।
विरुवा कहिले रोप्ने ?
आषाढ महिनामा।
मलखादको प्रयोग कति गर्नु पर्छ ?
प्रति खाडल ५० ग्राम डि.ए.पी, ५० ग्राम युरिया र २५ ग्राम पोटासलाई माटोमा मिश्रण गरि खाडल पुर्नु पर्दछ ।
कागतीको कस्तो जात छनौट गर्नु पर्छ ?
ठाउँ र हावापानी अनुसार विज्ञको सल्लाह लिई कागतीको जात छनौट गर्ने ।
कागतीको विरुवा एक पटक रोपेपछि कति बर्षसम्म फल दिई रहन्छ ?
४० देखि ५० बर्ष सम्म।
कागती बगैंचामा सिंचाईको आवश्यकता कहिले पर्छ ?
माटोको चिस्यानको अवस्था हेरी सुख्खा याममा फागुन देखि जेष्ठ सम्म १०–१५ दिनको फरकमा हल्का सिंचाई गर्नु पर्छ ।
सिंचाईको लागी श्रोतमा पानी कम छ भने कसरी व्यवस्था मिलाउने ?
पानीको श्रोत कम छ भने थोपा सिंचाई प्रविधिको प्रयोग गर्न सकिन्छ ।
वोट हुर्कि सकेपछि मलखाद कतिको हाल्नु पर्छ ?
१–३ बर्षको विरुवालाई प्रति विरुवा गोवर मल २० के.जी., युरिया, डिएची र पोटास क्रमशः १००, ५० र १०० ग्रामका दरले हाल्ने ।
मलखाद दिने तरिका के हो ?
विरुवाले जमिन ओगटेको वरिपरि कुलेसो बनाई मलखाद दिनुपर्छ ।
(स्रोत : एग्रीकल्चर इन नेपाल)
वि.सं.२०७७ वैशाख १६ मंगलवार १८:१५ मा प्रकाशित





























