१६ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार भएको भेटवार्ताले सचिवालय बैठक बुधबार बस्ने सहमति गरेको हो । बैठक भोलि बुधबार साँझ ५ बजे बोलाइएको छ ।
यसअघि सोमबार नेपालसहित ओली पक्षका नेताहरुबीच कोटेश्वरस्थित नेता नेपालको निवासमा भएको दुईपक्षीय छलफलले सचिवालय बैठक मंगलबार बस्ने सहमति गरेको बताइएको थियो ।
बुधबार बस्ने सचिवालय बैठकले स्थायी समितिको बैठक बस्ने बारे छलफल गर्ने र पछिल्ला दिन पार्टी भित्र देखिएको आन्तरिक विवाद समाधान गर्न सहमतिको प्रयास गरिने नेकपा स्रोतले बताएको छ ।
वि.सं.२०७७ वैशाख १६ मंगलवार १८:४३ मा प्रकाशित






























