back
CTIZAN AD

बङ्गालको जलवाष्पयुक्त हावाले बद्लीः वर्षात् हुने सम्भावना

वि.सं.२०७३ पुस ७ बिहीवार

1K 

shares

७ पुस, काठमाडौँ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण नेपालको मौसममा खराबी आएको छ ।

पूर्वी भेगबाट प्रवेश गरेको उक्त वायुको प्रभावले खासगरी पूर्वी र मध्य भेगका पहाडी क्षेत्रमा बदली भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मध्यपश्चिम र सुदूरपश्चिमबाहेक अन्य पहाडी जिल्लामा बदली छ । पूर्वी र मध्य पहाडका केही क्षेत्रमा छिटफुट वर्षा र हिमपात हुने सम्भावना पनि छ ।

आकाशमा बादल लागेपछि अधिकतम तापक्रम घटेको र सूर्यको प्रकाश जमिनमा सिधा नपर्ने हुँदा केही चिसो महसुस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बदली अझै एक दुई दिन जारी रहने मौसमविद् कँडेलले बताउनुभयो ।

काठमाडौँ उपत्यकाको आजको न्यूनतम तापक्रम ७ र अधिकतम तापक्रम २० डिग्री सेल्सियस छ । सबैभन्दा कम जुम्लामा ऋणात्मक तीन र सबैभन्दा बढी २६ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस

वि.सं.२०७३ पुस ७ बिहीवार ०२:५३ मा प्रकाशित

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

वीरगञ्ज (पर्सा) । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...