back

बङ्गालको जलवाष्पयुक्त हावाले बद्लीः वर्षात् हुने सम्भावना

वि.सं.२०७३ पुस ७ बिहीवार

693 

shares
GLOBAL IME AD
NTC AD

७ पुस, काठमाडौँ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण नेपालको मौसममा खराबी आएको छ ।

पूर्वी भेगबाट प्रवेश गरेको उक्त वायुको प्रभावले खासगरी पूर्वी र मध्य भेगका पहाडी क्षेत्रमा बदली भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मध्यपश्चिम र सुदूरपश्चिमबाहेक अन्य पहाडी जिल्लामा बदली छ । पूर्वी र मध्य पहाडका केही क्षेत्रमा छिटफुट वर्षा र हिमपात हुने सम्भावना पनि छ ।

आकाशमा बादल लागेपछि अधिकतम तापक्रम घटेको र सूर्यको प्रकाश जमिनमा सिधा नपर्ने हुँदा केही चिसो महसुस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बदली अझै एक दुई दिन जारी रहने मौसमविद् कँडेलले बताउनुभयो ।

काठमाडौँ उपत्यकाको आजको न्यूनतम तापक्रम ७ र अधिकतम तापक्रम २० डिग्री सेल्सियस छ । सबैभन्दा कम जुम्लामा ऋणात्मक तीन र सबैभन्दा बढी २६ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस

वि.सं.२०७३ पुस ७ बिहीवार ०२:५३ मा प्रकाशित

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

देवचुली । प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशाला कार्यक्रम सप्पन्न...

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय...

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

काठमाडौँ । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२...

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

फिक्कल (इलाम) । ठाडो स्वरुप, टाढाबाट पर्खालजस्तो देखिने चट्टानी बनावटमा...