back

तातोपानी नाका खुलाउन चिनियाँ पक्ष सकारात्मक

वि.सं.२०७३ पुस ७ बिहीवार

657 

shares
GLOBAL IME AD
NTC AD

७ पुस, चौतारा । गत वर्षको भूकम्पदेखि बन्द तातोपानी नाका चाँडै खुलाउन चीन सरकारले प्राथमिकतामा दिएकाले सोबारेमा केन्द्रस्तरमा पहल गरिने चिनियाँँ पक्षले जनाएको छ ।

नेपाल र चीनबीच बुधबार चौतारामा सम्पन्न सीमा सुरक्षा बैठकका क्रममा चिनियाँ पक्षले भूकम्पबाट तिब्बती क्षेत्रमा पनि सडकलगायत भौतिक सम्पत्तिको ठूलो क्षति भएकाले क्षतिग्रस्त सडक पुनःसञ्चालन भएपछि चाँडै नाका खोलिने जनाएको छ ।
त्यसैगरी चीनको न्यालम काउन्टी र सिन्धुपाल्चोकबीच भगिनी सम्बन्ध विकास गरिने चिनियाँँ पक्षको भनाइ रहेको प्रजिअ अन्तरबहादुर सिल्वालले राससलाई बताउनुभयो । बैठकमा सीमा क्षेत्रमा हुने तस्करी तथा आपराधिक क्रियाकलाप रोकथाममा पहल गरिने र सिमा क्षेत्रमा आगलागी भएमा दुवै देशबाट रोक्न पहल गरिने समझदारी भएको छ ।

सिन्धपाल्चोकका प्रजिअ सिल्वालको नेतृत्वमा भएको सो बैठकमा स्थानीय विकास अधिकारी कृष्णबहादुर शाही, दोलखा जिल्लाका प्रजिअ यज्ञराज बोहरा तथा सुरक्षा निकायका प्रमुखलगायत जिल्ला सुरक्षा निकायका प्रमुखको सहभागिता थियो । चिनियाँँ पक्षबाट न्यालम काउन्टीका पेङ लु वीको नेतृत्वमा विदेश विभाग, भन्सार, वाणिज्य तथा व्यापार, अध्यागमन कार्यालय, प्रहरीलगायतको सहभागिता थियो ।

वि.सं.२०७३ पुस ७ बिहीवार ०२:५७ मा प्रकाशित

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि प्राध्यापकले जातीय विभेद...

बाँझो बारीमा आलुखेती गर्दै पालिका

बाँझो बारीमा आलुखेती गर्दै पालिका

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि...

बेलायतमा नेपाली भजन महोत्सव

बेलायतमा नेपाली भजन महोत्सव

बेलायत । बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली...

गण्डकीसहित तीन प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना !

गण्डकीसहित तीन प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना !

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको...