back
CTIZAN AD

तातोपानी नाका खुलाउन चिनियाँ पक्ष सकारात्मक

वि.सं.२०७३ पुस ७ बिहीवार

1.1K 

shares

७ पुस, चौतारा । गत वर्षको भूकम्पदेखि बन्द तातोपानी नाका चाँडै खुलाउन चीन सरकारले प्राथमिकतामा दिएकाले सोबारेमा केन्द्रस्तरमा पहल गरिने चिनियाँँ पक्षले जनाएको छ ।

नेपाल र चीनबीच बुधबार चौतारामा सम्पन्न सीमा सुरक्षा बैठकका क्रममा चिनियाँ पक्षले भूकम्पबाट तिब्बती क्षेत्रमा पनि सडकलगायत भौतिक सम्पत्तिको ठूलो क्षति भएकाले क्षतिग्रस्त सडक पुनःसञ्चालन भएपछि चाँडै नाका खोलिने जनाएको छ ।
त्यसैगरी चीनको न्यालम काउन्टी र सिन्धुपाल्चोकबीच भगिनी सम्बन्ध विकास गरिने चिनियाँँ पक्षको भनाइ रहेको प्रजिअ अन्तरबहादुर सिल्वालले राससलाई बताउनुभयो । बैठकमा सीमा क्षेत्रमा हुने तस्करी तथा आपराधिक क्रियाकलाप रोकथाममा पहल गरिने र सिमा क्षेत्रमा आगलागी भएमा दुवै देशबाट रोक्न पहल गरिने समझदारी भएको छ ।

सिन्धपाल्चोकका प्रजिअ सिल्वालको नेतृत्वमा भएको सो बैठकमा स्थानीय विकास अधिकारी कृष्णबहादुर शाही, दोलखा जिल्लाका प्रजिअ यज्ञराज बोहरा तथा सुरक्षा निकायका प्रमुखलगायत जिल्ला सुरक्षा निकायका प्रमुखको सहभागिता थियो । चिनियाँँ पक्षबाट न्यालम काउन्टीका पेङ लु वीको नेतृत्वमा विदेश विभाग, भन्सार, वाणिज्य तथा व्यापार, अध्यागमन कार्यालय, प्रहरीलगायतको सहभागिता थियो ।

वि.सं.२०७३ पुस ७ बिहीवार ०२:५७ मा प्रकाशित

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

वीरगञ्ज (पर्सा) । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...