back
CTIZAN AD

श्रमिकको आँशु पुछ्न सरकारले यी काम गरोस्

वि.सं.२०७७ वैशाख १९ शुक्रवार

705 

shares

श्रमिकको पसीनाले नै ठूला महल र सडक बने, खाने अनाज उत्पादन भयो, औद्योगिक उत्पादन संभव भयो तर तीनै श्रमीकको जीवन उपेक्षित भइरहेको छ । विश्वमा श्रोत र साधनको असमान वितरण हुने संरचना भइन्जेल श्रमिकले श्रमको मूल्य पाउनेछैन । हिजो श्रमीकका पक्षमा निकै चर्का कुरा गर्नेहरु श्रमीकको भोटले सरकारमा पुग्न सफल भएका छन् । अब कुरा हैन काम गरेर श्रमिकका आंशु पुछ्ने मौका आएको छ । सरकारले कमसेकमः
१) आगामी बजेट गरी खाने किसान, मजदूर तथा श्रमिकको पक्ष पोषण गर्ने गरी तयार होस् ।

२) अनौपचारिक क्षेत्रका काम गर्ने कृषि मजदुर, निर्माण मजदूर, असंगठित क्षेत्रमा काम गर्ने भरिया, ठेलागाडा र रिक्सा चालक, अति बिपन्न, बिपन्न किसानहरुको लागि उचित ज्यालाको ब्यवस्था हुनु पर्दछ, साथै बिपत्तिको सामना गर्नका लागि बिभिन्न किसिमका लघु बीमाहरुः स्वास्थ्य बीमा, दुर्घटना बीमा, जीवन बीमा आदिको व्यवस्था गरोस् ।

३) मजदुरी गर्ने मात्रै होइन आज सुट टाई लगाई अफिसमा काम गर्नेहरु सबै भन्दा शोषित हुन पुगेका छन् । औपचारिक क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई श्रम ऐनले व्यवस्था गरे बमोजिमको पारिश्रमिकको ग्यारेन्टी होस् ।

४) देश बाहिर काम गर्ने असी लाख नेपालीहरु मध्ये अधिकांश मानिसहरु भारत र अन्य देशमा निकै कठिन श्रम गर्न बाध्य छन् उनीहरुको अवस्था चिन्ताजनक छ, देश भित्रै रोजगारीको सिर्जना गरि आफ्नै देशमा शिर ठाडो गरी काम गरेर खाने अवस्था सिर्जना गरोस् ।

५) किसानको पसीनाको मूल्य छैन, उत्पादनको मूल्य छैन, बिचौलिएबाट ठगीएका छन् । उनीहरुलाई न सम्मान छ न उनीहरुको उत्पानको उचित बजार छ । खासमा नेपालका किसानहरुलाई निकै पीडा छ । उनीहरुको लागि उचित नीति बनाई कार्यन्वयन गरोस्, सरकारी उत्पादनको संरक्षण गर्दै आयातलाई निरुत्साहित र बिस्थापित गरोस् ।

६) साना व्यापारी, उद्योगी, जागिरेलाई अत्याधिक करको भार परेको छ तर सो बमोजिमको राहत छैन, सुविधा छैन । उनीहरुलाई कर तिरेको अनुपातमा सामाजिक सुरक्षाको व्यवस्था गरोस् ।

७) सामाजिक सुरक्षा कोषले आम श्रमिकको हितमा काम गरोस् । विद्यमान असमान (सरकारी कर्मचारी र अन्य कर्मचारी बीचको फरक सुविधा) हितलाई समान बनाओस् ।

एक दिन मई दिवस मनाउने, र ३६४ दिन उनीहरुको दुःख हरण तर्फ ध्यान नदिने हो भने श्रमिक दिवसको शुभकामना दिनुको के अर्थ रहला ?

वि.सं.२०७७ वैशाख १९ शुक्रवार १२:५३ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...