back
CTIZAN AD

कथाः आमा, नेपालकी !

वि.सं.२०७७ वैशाख २० शनिवार

870 

shares

साँझको मिरमेरे भैसकेको थियो कल्पिको मन आत्तिएको थियो । आत्तिनपनि त किन नआत्तियोस् । बिहानै देखि तारे साहुको मेलामा काम गर्न आउँदा घरमा स-साना बाल बालिकाहरुलाई छाडेर आएकी थिइन् । एउटा बाबुले त अँझै आमाको दूध खान्थ्यो ।

अहिले मेलाको काम सिध्याएर उनि तारेको घरको पेटिमा बसेकी थिईन् । अरु सँगीहरु उतै मेलाबाट सिधै घर गए, उनि भने आफ्नो खर्च लिएर जाने उद्धेश्यले त्यसैको बाटो हेर्दै बसेकी थिईन् । घरमा साँझ पकाएर खाने खर्चपनि थिएन । त्यसैले यो मिरमिरे साँझमा साहुको पेटिकुर्नु परेको हो ।

एकछिन पछि तारे साहु कि बुढि टपरिमा एकमाना मकैको आटो त्यसैको माथि एउटा नुनको ढिको राखेर भाईर आईन् ‘कति आत्तेकी भोलि पनि ता आउँने हौली काममा भोलि लिएर गएको भयापनि हुँदै हो’ भन्दै टपरी थमाई दिन्छिन् । कल्पि न बोलि नबोली त्यो टपरिलाई आफ्नो बर्किमा कुटुरो पारेर मनमनै कसैलाई कसैको समस्या केथाहा भन्छिन’ हौस, म लागे भन्दै बिदा लिन्छिन् ।

उनि घर पुग्दा अँध्यारो भैसकेको थियो । सारा दिन मेलामा काम गरेर आएकी उन्लाई घरको पिरले थकाई लागेको महशुर्ष गराएन ।
छिट्टछिटो हिँडेर घर पुगिन । रोइरहेको काखको बाबुलाई आफ्नो छातिमा टाँसेर उस्लाई चुप्प म्वाइँ खाँई अनि हातले आँसु पुछ्दै आफ्नु छाति चुसाउँन थालि । अर्कि स्यानि छोरीपनि आमाको नजिकै आएर काखलाई सिरानी गराई ।

अरुले अगेना वरीपरि बसेर आगो बाल्न थाले । यति बेरसम्म कसैले आगोपनि बालेका थिएनन् । ठूलेले केहिबेर पहिले गाई बस्तु बनबाट ल्यायको थियो र काटेको घाँस हाल्दै थियो । अरुले त्यो रुने भाईलाई फुलाउँदै थिए उस्लाई आमाको सँझनाले सताएर रोईराखेको थियो ।
कल्पिले आफ्नो फाँदबाट एउटा मकैको रोटि निकालेर ओदानमाथि राखेर तताउँछिन र सबैलाई एक–एक चोईला दिन्छिन् उनिहरुपनि खुसि हुँन्छन् ।

‘बाबु तल चाकि मुनि सुपोछ ल्याउत !’ कल्पिले ठुलेलाई अह्राउँछिन उस्ले सुपो ल्याई दिन्छ । स्यानो भाईले आमालाई पटक्कै छाड्ने मन गर्दैन बिचरा बच्चा त हो । आमाको मन ता सबै बच्चाहरुप्रति उत्तिकै मायाँ लाग्ने उरु बच्चाहरु पनि भोकाएका थिए ।

उनले आफ्नो बर्कोको त्यो कुटुरो खोल्छिन् र सुपामा मकैको आटोलाई राम्रैगरि सफा गर्छिन । ठुलेले कसौँडि मसिलगाउँछ र ओदानको माथि राख्छ । उनिहरुलाई भर्खर दिएको एक एक चोईला रोटि खाई सकेका थिए त्यो रोटि दिउस तारे साहुले अर्नि खान दिएको कल्पिले आफुले नखाएर आफ्नु पटुकामा बाँधेर राखेकि थिईन् । उनको मनले खानै मानेन बच्चाहरुको झल्को आईहाल्यो त्यहि भएर रोटि ल्याइन् र अहिले बच्चाहरुले बाँडेर खाएका हुँन् ।

सुपामा त्यो भर्खर लिएर आएको आटोलाई राम्रो गरि सफागरेर कसौँडिमा तातिरहेको पानीमा राख्छिन् । ठुलेले डालाबाट गुन्द्रुक निकालेर ल्याउँछ र आमालाई दिन्छ । उनिहरुको स्यानो गोठे घर थियो एकतिर डियाँ बाच्छा बस्थे आर्को तिर आफुहरु बस्थे ।

एकछिन पछि आटो र गुन्द्रुको झोल पाक्छ सबै आ–आफ्ना ठाउँमा थाल लिएर बसेका छन् । सबैले आटो अति मिठो खान्कि झैँ खुसी भएर खान्छन् । आमाले सबैलाई ख्वाएपछि थोरै आटो बटुकोमा राखेर त्यहि कसौँडिमा गुन्द्रुको झोल राखेर जो जति बचेको थियो खान्छिन् । कसैलाई के थाह, उन्को पेट भरिन्थ्यो कि नाई ! न कसैले उनिसँग सोध्थे । दिनभरी अर्काको मेलामा काम गर्दाको थकाइले लखतरान भएकी कल्पि सबै बच्चाहरुलाई सुताईन् र एउटा मकैको झोँता छोडाएर दुईटा घुगाँ राखिन् बाँकि चाकिमा पिसेर बिहानलाई आटो बनाईन् अनि बल्ल सुतिन् ।

उनि बिहानै उठेर आँठामा भएका डाले घाँस खसाल्छिन् अनि मकैको नल ल्याएर डियाँलाई दिन्छिन् । गोठबाट गाईँ सारेर, गोठ सफा गर्छिन,पंधेरा बाट पानी ओसार्छि । यि सबै काम निप्टाएपछि ठुले उठ्छ । उस्लाई गाईँ समयमै फुकाएस् म आटो पकाएर राख्छु, खाए भन्दै अह्राउँछिन् । ठुलेले हुँन्छ भन्दै फेरि त्यो कसौँडि माझेर दिन्छ ।

आमाले उनिहरुलाई खाना पकाई दिन्छीन् । सानु बाबुलाई दुधसँग आटो मुछेर ख्वाई दिन्छिन् । घरमा एउटा दुनो गाईपनि थियो त्यसैले त बच्चाहरुलाई हुर्काउँन मद्त गर्थ्यो ।

आफू फेरी त्यो तारे साहुको मेलामा छिट्टै पुग्नु थियो । यस्तो पर्याजसो हुँन्थ्यो । कल्पिको श्रीमान चाहिँ बैँसैमा बितेका हुँन् ति स–साना बच्चाहरु हुर्काउन उन्लाई आमा र बाबा दुबैको भूमिका निर्वाह गर्नु पर्दथ्यो।

कल्पिको सानैमा बिबाह भएको थियो । आफूभन्दा झण्डै २० बर्ष जेठा थिए उनका श्रीमान् । उन्को भर्खर बैँस आउँने बेलामा बुढाको मृत्यु भयो । उन्लाई बैँस र सुखःभन्ने कस्तो हुँन्छ त्यो थाहानै भएन । अब झन ति स–साना बच्चाहरुलाई हुर्काउँन निमेक गर्नु पथ्र्यो । खान पुग्ने अन्न उब्जाउने आफ्नो बारीको पाटो थिएन । कल्पिलाई दिन रात बराबर नै थियो । जसरी तसरी कहिले बाउ बनेर हप्काईन् त कहिले आमा बनेर माया गरिन् । उनिहरुलाई पढाउँने लेखाउँने गरिन् त्यसैले उनलाई देख्ने मान्छेले नेपाल कि आमा भन्दथे ।

आज फेरी फटाफट तारे साहुको खेतमा पुग्नु थियो । यता सबैले कुसे औँसी मनाउँदै थिए । तर, कल्पि साहुको खेतमा मोल बोकेर हिड्दै थिईन् । आफू भोकै बसेरपनि आफ्ना बाल बच्चालाई हृष्टपुष्ट गराउन र शिक्षित गराउँन ।

वि.सं.२०७७ वैशाख २० शनिवार ०९:४८ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...