back
CTIZAN AD

कविताः कठैबरा अमेरिका

वि.सं.२०७७ वैशाख २० शनिवार

924 

shares

भन्ने गर्थे सबै मान्छे स्वर्ग नै हो अमेरिका,
जान पाए त देखिन्थ्यो, गर्दथें नित्य कल्पना ।
नेताको भाग्य पल्टेझैं भाग्यमानी स्वयं बने,
छोरीका निहुँमा हर्क मान्दै म अम्रिका गएँ ।

न्युयोर्कको प्रशंसा नै प्रशंसा सुनियो जब,
हेरी स्वर्गीय आनन्द प्राप्त गर्न गएँ तब ।
घमण्डले फुले जस्तो थियो टायम स्क्वायर,
जाबो कोभिड सामुन्ने झुक्यो आज कठैबरा !

अर्को एम्पायर स्टेट नाम प्रसादका तला,
छयासी र उँभो सोह्र मोहनी लाउने कला ।
भन्थ्यो गर्व गरी अग्लो मजस्तो अरु को छ र !
जाबो कोभिड सामुन्ने झुक्यो आज कठैबरा !

दर्शनीय त्यहाँ अर्को पुल ब्रुक्लिन नामक
रहेछ र त्यहाँ मान्छे हेर्न जान्थे निरन्तर ।
भन्ने गथ्र्यो मबाहेक अरु को छ र सुन्दर !
जाबो कोभिड सामुन्ने झुक्यो आज कठैबरा !

अग्लो स्वतन्त्रताको त्यो ताँबाको प्रतिमा जब
देखें अनि गई हेरें तिर्सना मेटियो तब ।
प्रतिमा झुक्न जान्दैन, भने मनमनै, तर
जाबो कोभिड सामुन्ने झुक्यो आज कठैबरा !

प्रसिद्ध स्थान हो अर्को केन्द्रीय पार्क नामक,
वनभोज र व्यायाम, आराम गर्न निर्मित ।
न्युयोर्कको श्रेष्ठ स्थान म नै हुँ भन्दथ्यो, तर,
जाबो कोभिड सामुन्ने झुक्यो आज कठैबरा !

चन्द्र, मङ्गलमा जाने यान निर्मित छन् त्यहीं
उत्कृष्ट अभियन्ता र वैज्ञानिकहरू त्यहीं ।
त्यहीं छन् विश्वका नामी राम्रा कुशल डाक्टर,
जाबो कोभिड सामुन्ने झुक्यो आज कठैबरा !

उसैको द्रव्य जेठो छ, विश्वमा छ उही धनी,
उसैले अन्तका मान्छे तान्छ चुम्बकझैं बनी ।
त्यहीं जुकर छन् धेरै, बिल गेट्स त्यहीं, तर
जाबो कोभिड सामुन्ने झुक्यो आज कठैबरा !

विज्ञानको महाकेन्द्र छ नासा त्यस देशमा,
जलस्थल दुवै सेना लाखौं छन् आफ्नु भेषमा ।
जेठो सेताघरे फूँ फूँ गर्दै बस्छ त्यहींनिर,
जाबो कोभिड सामुन्ने झुक्यो आज कठैवरा !

भिटो पावरले सारा विश्व नै थर्कमान छ,
टाढा टाढा मार हान्ने शक्तिशाली विमान छ ।
म जित्दछु सबैलाई, भन्थ्यो गर्व गरी, तर
जाबो कोभिड सामुन्ने झुक्यो आज कठैबरा !

कनकाई नगरपालिका ३, सुरुङ्गा, झापा

वि.सं.२०७७ वैशाख २० शनिवार ०९:५१ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...