back
CTIZAN AD

साउदीमा तिब्ररुपमा बढ्दै कोरोना संक्रमण, एकैदिन १३ सय बढी संक्रमित

वि.सं.२०७७ वैशाख २० शनिवार

1.1K 

shares

२० बैशाख, साउदी । साउदी अरबमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढिरहेको छ ।

साउदीमा मे २ सम्म कोरोना संक्रमितको संख्या २५ हजार ४५९ पुगेको छ । साउदीमा आजमात्रै १ हजार ३६२ जनामा संक्रमण पृष्टि भएको हो ।
कूल संक्रमितमध्ये हालसम्म ३ हजार जना निको भएर फर्किएका छन् । आज मृत्यु भएका ७ जनासहित मृत्यु हुनेको संख्या १७६ पुगेको छ । जसमा नेपाली नागरिक संक्रमित भएको जानकारी प्राप्त नभएको नेपाली दूतावासले शनिबार सूचना जारी गर्दै जानकारी दिएको छ ।

नेपालीको समस्यामा समाधानमा लागेको नेपाली दूतावासको भनाई
दूतावासले विभिन्न मितिमा कोरोना संक्रमणसँगै रोजगार गुम्ने, खाना र आवासको अभाव लगायत समस्यामा परेका नेपालीहरुले राजदूतावासको फेसबुक, इमेल, ह्वाट्सएप लगायतबाट विस्तृत विवरण दिन अनुरोध गर्दै आएको छ ।

दूतावासमा प्राप्त गुनासोमा उल्लेख समस्या समाधानमा राजदूतावासले मनग्य पहल गरी धेरै समस्या समाधान भएको जानकारी दिएको छ ।

‘यसका साथै राजदूतावासले हरेक दिन समस्यामा परेका नेपालीहरुको अभिलेख राख्न पनि सहज भएको छ । यस क्रममा कामको सिलसिलामा विरामी भई वा नियमित औषधी सेवन गरिरहेका, महिला वा दुर्घटनामा परी घाइते भएका नेपालीहरुले प्राथमिकताका साथ निम्न सम्पर्कमा आफ्ना समस्याहरु टिपाउनुहुन अनुरोध छ,’ दूतावासको सूचनामा भनिएको छ, ‘आफ्ना सम्पर्कमा रहेका साथीभाइमा पनि यो सूचना शेयर गरिदिनुहुन पुनः अनुरोध छ । फेसबुकमा नाम र पोष्टबाट समस्या राख्नुहुने महानुभावहरूले समेत फेसबुकको पोष्टमै वा यसै सूचनामा उल्लेख सम्पर्कमा आफ्नो समस्या र विवरण टिपाउनुहुन अनुरोध छ ।’

सम्पर्कः (०११४६१११०८ कार्यलय समयमा, ०५५९३८९६००(WhatsAppसमेत), ०५०००३१७०५, ०५०००३४७८६, email: eonriyadh@mofa.gov.np facebook: https://www.facebook.com/nepalembassysaudiarabia/) मा सम्पर्कमा गर्नुहुन अनुरोध छ ।

वि.सं.२०७७ वैशाख २० शनिवार २१:३४ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...