back
CTIZAN AD

नेकपाले विवाद सल्टायो, ओलि लगायतका मुख्य नेताले गरे आत्मालोचना

वि.सं.२०७७ वैशाख २० शनिवार

942 

shares

२० वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले आत्मालोचना गरेका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा साँझ ३ घण्टा चलेको उक्त बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरुले आ–आफ्ना तर्फबाट आत्मालोचना गर्दै पार्टीलाई एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन ।

स्थायी समिति बैठक बोलाउन ओली सहमत, यस्ता छन् दुई पक्षको तयारी

आजको सचिवालयको निर्णय अनुसार आगामी वैशाख २५ गते ११ बजे स्थायी समितिको बैठक बस्ने र त्यसको तयारीका लागि २४ गते ३ बजे सचिवालयको बैठक बसी स्थायी समितिबाट पार्टीलाई थप एक ढिक्का बनाउने निर्णय भएको  प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सचिवालय बैठकमा प्रधानमन्त्रीको राजिनामा मागीएपछि नेकपामा तनाब

श्रेष्ठका अनुसार पार्टी, सरकार वा सम्बन्धित क्षेत्रमा भएका कमि कमजोरीहरुलाई लिएर नेताहरुले आत्मालोचना गरेका थिए । एकता, सहमति र समाधानका माध्यमबाट पार्टीलाई अगाडि बढाउने निर्णय भएको पनि उनले जानकारी दिए।

उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउन पहल गर्ने निर्णय भएको समेत श्रेष्ठले जानकारी दिए ।

संस्थागत प्रणालीभित्रै समाधान खोज्न घनश्याम भुसालको आग्रह

यसअघि आजै दिउँसो प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामेदव गौतम, अध्यक्ष प्रचण्ड लगायतसंग छुट्टाछुट्टै भेट गरेका थिए भने सचिवालय बैठकको ठिक अगाडि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शितल निवास पुगेको थिए ।

नेकपामा बनेको भैसेपाटी गठबन्धनबाट वामदेवलाई आफ्नो पक्षमा तानेर प्रधानमन्त्री ओलीले सचिवालयमा बहुमत पु¥याएको र प्रचण्ड–नेपाल गठबन्धनलाई रक्षात्मक स्थितिमा पु¥याएको टिप्पणी दिनभर आएको थियो ।

नेकपाका कार्यकर्ताको ठूलो पंक्तिले अहिलेको अवस्थामा मिलेरै जानुपर्ने सुझाव दिएका थिए ।

वि.सं.२०७७ वैशाख २० शनिवार २०:५७ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...