back
CTIZAN AD

परिवर्तनका लागि पत्रकारिताले खेलेको भूमिका उल्येख्य र अविस्मरणीय छ: मुख्यमन्त्री पौडेल

वि.सं.२०७७ वैशाख २१ आइतवार

816 

shares

२१ बैशाख, काठमाडौँ (रासस)। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशको राजनीतिक परिवर्तन तथा आमनागरिकको चेतनास्तर वृद्धिका लागि नेपाली पत्रकारिताले खेलेको भूमिका उल्लेख्य र अविस्मरणीय रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज एक सन्देश जारी गरी मुख्यमन्त्री पौडेलले प्रेस स्वतन्त्रताप्रति वाग्मती प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । ‘भय र पक्षपातरहित पत्रकारिता’ भन्ने मूल नारासहित आज संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । नेपालको संविधानमा नै पूर्ण प्रेस स्वतन्त्रताको कुरा उल्लेख गरिएबाट नै प्रेस स्वतन्त्रताप्रति नेपाल कति संवेदनशील छ भन्ने कुरा जगजाहेर हुन्छ” मुख्यमन्त्री पौडेलद्वारा जारी सन्देशमा भनिएको छ ।

उहाँले नेपाली पत्रकारिताले पूर्णरुपमा निष्पक्ष र व्यावसायिक बन्न नसकेको आरोप खेपिरहेको बताउँदै वर्तमान अवस्थामा युनेस्कोले सार्वजनिक गरेको यो वर्षको नाराको मूल मर्मअनुसार पत्रकारिता क्षेत्र अघि बढ्नसके नेपाली समाजका लागि ठूलो उपलब्धि हुने कुरामा दुईमत नभएको उल्लेख गर्नुभएको छ ।

उहाँले सन्देशमार्फत देशको राजनीतिक परिवर्तन तथा आमनागरिकको चेतनास्तर वृद्धिका लागि नेपाली पत्रकारिताले खेलेको भूमिका उल्लेख्य र अविस्मरणीय रहेको भन्दै हरेक क्रिया, प्रतिक्रिया, घटना, परिघटना एवं वस्तुस्थितिका बारेमा जानकारी प्राप्त गर्ने नागरिकको अधिकार रक्षाका लागि पनि पूर्ण प्रेस स्वतन्त्रताको आवश्यकता छ भन्ने कुरामा वाग्मती प्रदेश सरकार स्पष्ट र प्रतिबद्ध रहेको जानकारी गराउनुभएको छ ।

वि.सं.२०७७ वैशाख २१ आइतवार १४:३७ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...