back

सामान्य झगडामा बाबुआमाको हत्या गरे क्रुर छोराले

वि.सं.२०७७ वैशाख २६ शुक्रवार

435 

shares
IME Limited
NTC AD

२६ बैशाख, तेह्रथुम । यहाँको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

कञ्चनले आफूले बाबुआमाको हत्या गरेको भनि १०० नं फोन गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थल प्रहरी चौकीदेखि चार किलोमिटर दुरीमा पर्छ । कञ्चनले १०० नंमा फोनसँगै प्रहरीले उसको पिछा गरिरहेको र भाग्दै गरेका अवस्थामा पोक्लाबाङ प्रहरी चौकीको टोलीले निन्त्रणयमा लिएको प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए । घटनास्थलमा सम्दु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल तोलाङको टोलीले सुरक्षा दिइरहेको प्रहरी निरीक्षक दाहालले बताए ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली आज त्यसतर्फ जाने र मृतकको शव परीक्षण गर्न अस्पताल लगिने प्रहरीले जनाएको छ । मृतकका सात महिनाकी छोरी छिन् । नाबालक छोरी मृतकका दाजु देवबहादुर फोम्वोसँग रहेका वडाध्यक्ष टेकबहादुर घिसिङले बताए । रासस

वि.सं.२०७७ वैशाख २६ शुक्रवार ०८:२७ मा प्रकाशित

नवराज सुवेदीले पनि दिए निर्वाचन आयोगमा उजुरी

नवराज सुवेदीले पनि दिए निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन आयोगबाट हटाइएका...

कालिगण्डकी करिडोर सडक पुनः अवरुद्ध

कालिगण्डकी करिडोर सडक पुनः अवरुद्ध

गुल्मी । गुल्मीको कालिगण्डकी करिडोर सडक पुनः अवरुद्ध भएको छ...

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रवक्ताबाट बर्खास्त भएका...

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा...

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

काठमाडौं । कञ्चनपुरमा छाउपडी गोठमा सुतेकी एक महिलाको सर्पले डसेर...

कपिलवस्तु बस दुर्घटना : २९ घाइते, ३ जना गम्भीर

कपिलवस्तु बस दुर्घटना : २९ घाइते, ३ जना गम्भीर

कपिलबस्तु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका–९ मा बस दुर्घटना...