back
CTIZAN AD

कविताः गर्छ यस्तो किन ?

वि.सं.२०७७ वैशाख २७ शनिवार

693 

shares

देशैभरि ढुङ्गैढुङ्गा डाँडाकाँडा मात्र
आपसमा शङ्कैशङ्का चलखेल मात्र
अनुहार भए पनि मानिसको जस्तो
व्यवहार भने लाग्छ शिवगणको जस्तो

कपडा छन् जति पनि तर तन नाङ्गो
लागे पनि सरल झैँ भित्र मन बाङ्गो
अनुदान ऋण लिई तलब भत्ता खान्छ
निम्तो पाए खानलाई जहाँ पनि जान्छ

मीठामीठा कुरा गर्छ भाषण चर्कै गर्छ
देखिएन राम्रो काम, धोक्रो आफ्नै भर्छ
शान्ति, सुरक्षाको गफ नथाकेरै गर्छ
मुलुकमा सधै सधै नयाँ चारो छर्छ

नेता बने भाषणले छकाउन खोज्छ
कार्यकर्ता बने भाषा चाकडीका रोज्छ
पद जस्तो भए पनि सेवाभाव छोड्छ
सबै कुरा तराजुमा पैसासँग जोख्छ

आफूलाई सधै ठान्छ शुक्र, गुरु जस्तो
अरूलाई देख्छ, ठान्छ भैँसी, गोरु जस्तो
अलपत्रे कुरा गर्छ, बन्छ हिरो जस्तो !
देखाइमा घगडान, भित्र कस्तो कस्तो !

यो मान्छेको चाल अर्कै रूप अर्कै किन ?
धननिम्ति सबै कुरा त्यागेको छ किन ?
संसारकै श्रेष्ठ प्राणी मै हुँ भन्छ किन ?
आफैलाई ठूलो दावा गर्छ यस्तो किन ?

हाल- काठमाण्डौं ३२ मनोहरवस्ती

वि.सं.२०७७ वैशाख २७ शनिवार ०९:४३ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...