back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ वैशाख २७ शनिवार

1.3K 

shares

१.
सालिकझैँ दोबाटोमा ठडिएर बसेको छु
खुला किताब जस्तैगरि पढेर बसेको छु
अहिलेसम्म यो बिरानो मुलुकमा तिमीबिना,
थाहा छैन खै कसरी अडिएर बसेको छु ?

२.
हिंड्दाहिंड्दै पाइला अन्तै मोडिएर बाँचेको छु
एउटा मुटु दुईतिर जोडिएर बाँचेको छु
मायागर्ने मान्छे साथमा नभैदिदा यस्तो लाग्छ–
आज आफू आफैंबाट छोडिएर बाँचेको छु ।

३.
कुवा जस्तो होइन जीवन, गतिशील खोला हो यो
जे आट्यो त्यही पुर्याइदिने मनचिन्ते झोला हो यो
बोलीसङ्गै व्यवहार गर्दा सधैं सम्झिराख्नु,
अजम्बरी कोही छैन, मरिजाने चोला हो यो ।

४.
धकेलेरै अघि सर्छन, मरिलानु के नै छ र ?
पाइलैपिच्छे काँडा छर्छन, मरिलानु के नै छ र ?
चिताको लास सोच्दैथियो–धनकै लागि मान्छेहरु,
मरिहत्ते किन गर्छन्, मरिलानु के नै छ र ?

५.
अन्धभक्त, लम्पटदास हुँदै गए गणहरु
कुरामात्रै गरि, खेर फाले हरेक क्षणहरु
समृद्धिको दिवास्वप्न देखाउदै निदाएर,
अहिलेसम्म ब्युझिएका छैनन् कुम्भकर्णहरु ।

वि.सं.२०७७ वैशाख २७ शनिवार ०९:४४ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...