back
CTIZAN AD

कविताः हिउँको फरक रङ्ग

वि.सं.२०७७ वैशाख २७ शनिवार

627 

shares

समान थिए अभावहरु
हिउँ जस्तो-कञ्चन थियो मन ।
तिमी मट्टीतेल दिन्थ्यौ
म नुन दिन्थें ।
तिमी कोदोरोप्न आउँथ्यौ
म धान रोप्न आउँथे ।
ऐँचोपैँचो पर्म गर्थ्यौं
र पो
जीवन चलेको थियो ।
म तिम्रा आँसु पुछिदिन्थें
तिमी मेरा आँसु पुछिदिन्थ्यौ
अनि पो सुखदुःख छिचोल्दै
मन फुरुङ्ग रमाएको थियो ।
*
कोही रोपाहार बन्थ्यौँ-कोही बाउसे
असारे गीतको भाकामा
हामी नाँच्थ्यौं-प्रकृति रमाउँथ्यो
र पो
सिर्जनामा बसन्त मुस्कुराउँथ्यो ।
एउटा मादल घन्काउथ्यो
अर्को खैँजडी बजाउथ्यो
र पो
जीवनका रहरहरु मयूर बनेर नाँच्थे ।

*

कस्ले दफन गर्यो होला
ती लोभलाग्दा सुन्दर चलनहरु
इतिहासको पत्रैपत्रमा।
कस्ले उत्खनन गर्ला हँ !!
जीवन्त ती मौलिक परम्पराहरु।

रुँदैछन्-अतीतको अनन्त पत्रमा
मेलापातका प्रेमिल दोहोरीहरु ।
बन्दैछन्-कथाका घटना
बालन रोदी
चण्डीनाँच र धाननाँचका थिरकनहरु ।

*

संग्रहालयको कोठरीमा कोचिएका
बिनायो मुर्चुङ्गा मुरलीका
कर्ण्प्रिय धुनहरु
अब कस्ले सुनाउला
हाम्रा भाविसन्ततिलाई ।
नौमती र पञ्चेबाजाका
सागरका लहर जस्ता आवाजहरु
कहानी बनेर अस्ताउँदैछन् ।

*

आफ्नू चमकदार इन्द्रेणी अस्तित्वको
सुन्दर सपाट अनुहारलाई
आफ्नैं हातले …
भद्धारङ्गको पोतेरीमा-पोतो चोब्दै
पोतिरहेको छ …घोलिहेको छ…..
हिउँमा फरक रङ्ग
म बाँचेको कुरुप समय ।

वि.सं.२०७७ वैशाख २७ शनिवार ०९:४६ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...