भुते भएको हतियार कस्ले पो खोज्छ र
कामै नलाग्ने अधिकार कस्ले पो खोज्छ र
खुसी सधैं छाओस जिन्दगी पो त्यो हो
छोडी जाने त्यो प्यार कस्ले पो खोज्छ र
स्वतन्त्र हुन चाहन्छ मान्छे मायामा पनि
आफै बस्ने कारागार कस्ले पो खोज्छ र
के हुन्न सबथोक हुन्छ, तिमीले चाहे पछि
आफू हुँदाहुँदै जार, कस्ले पो खोज्छ र
छुट्टिनैपर्छ केही दिन, केही छिन भएपनि
बाहुपासमा लगातार कस्ले पो खोज्छ र
वि.सं.२०७७ वैशाख २७ शनिवार ०९:४७ मा प्रकाशित





























