हिजो छोडेर आए
आज छोड्न लागें
भोलि समाउँनलाई
जो आफैँ हिड्ने
गोरेँटोमा म ।
भोलि बिहान हुन्छ
र
उज्यालोमा म
जून राखेर
घाँम समाउँछु
र अमुर्त आकृतिहरुमा
रङ्ग भरेर उज्यालो बनाउँछु ।
अरुलाई पनि
एक मुठ्ठी उज्यालो
बाड्न सकेँ भनेँ
आकाशमा उडेको
बेलुनको मृत्यु जस्तो
हुँदैन मेरो सपना
खुशीले भरिए पछि ।
गर्व त त्यत्तिखेर लाग्छ
मबाट दुनियाँले
मेरो भन्दा
अलिक बढी
खुशी पाओस्
र त्यही खुशी बाँडेर
मेरै आँखा अगाडि रमाओस्
अनि उसले पनि
बनाउन सकोस्
मेरो जस्तै
सपनाको धरातलमा ।
वि.सं.२०७७ वैशाख २७ शनिवार ०९:४९ मा प्रकाशित





























