back
CTIZAN AD

कविताः हाँस्न पाईन मैले

वि.सं.२०७७ वैशाख २७ शनिवार

741 

shares

हाँसौं भन्दा नयन जलले भिज्न थाले परेली ।
थाम्ने केही मलम नहुँदा बग्न थाल्यो बलेसी ।
हेर्दा हुन्छन् सुखद मनले चट्ट राम्रा तरेली
राम्रो हुन्नन् प्रकृति वनका दुःख पर्दा जुरेली ।

माया भन्ने अलिकति कुनै निष्ठुरीमा हुँदैन ।
दिन्छन् पक्कै जलन गहिरो व्यर्थ कोही रुँदैन ।
तिम्रा छड्के अवयब सबै धार लाग्यो चुलेसी ।
देख्छौ तिम्ले जब छु म कहाँ नेत्र तिम्रा खुलेसी ।

तिम्रो धेरै सुख महलको हाँस्न बाहेक के छ ?
छात्तीमा ती धन मनसँगै टाँस्न बाहेक के छ ?
गर्दै चिल्ला बकफुस कुरा ढाँट्न बाहेक के छ ?
भत्ता थापी छनछन गनी साँच्न बाहेक के छ ?

तिम्रो उस्तो सदन ,घरमा काम देखिन्न केही ।
गर्छौ मात्रै अधिकन कुरा चोर औंलो उठाई ।
सारा स्वार्थी छ जड दुनियाँ लाग्न छाड्यो भरोसा ।
सोच्नै मैले सकिन अहिले गुम्न खोज्दैछ होस ।

मैले मात्रै दिनु किन यहाँ काममा यो जवान ।
माया बाँध्ने मन कुसुमको फाट्न थाल्यो रुमाल ।
हासी हाले मुसुमुसु कतै आँसु टल्किन्छ जैले ।
काँडै काँडा कदम कदमै हाँस्न पाईन मैले ।
मन्दाक्रान्ता छन्द

वि.सं.२०७७ वैशाख २७ शनिवार ०९:५२ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...