back
CTIZAN AD

कविताः पुरानो इतिहास लेख्न मन छ

वि.सं.२०७७ वैशाख २७ शनिवार

942 

shares

मलाई आज
त्यो
इतिहास लेख्न मन छ
जो
धारा, पँधेरा, गोरेँटा र गल्लीहरू
ढिकी, जाँतो, मदानी
नाङ्लो, डालो र थुन्सेहरुले
भोगेका कथा ।।
पुरानो घरको छाँनो चुइँदा
आमाले थापेको डल्ले भाँडो
हँसिया, नाम्लो
डोको ,फरुवा
बरियो र पेचा
कतिले चलाए होलान्
कतिले बिगारे होलान्
बाबुले चलाएको
गबुवा, हल्लुण, हरिस
जोतारो फाली र अनौं
अनि ती एकहल गोरु
खोइ त !
कस्ले सम्झियो आज ?

हजुरबाले
रानीवनबाट बोकेर ल्याएको
त्यो निदाल र मूलथामले
कति सन्तान जन्मायो होला
कतिलाई आश्रय दियो होला
नत हजुरबाले बोकेको
निदालको इतिहास छ
नत हजुरबाकै इतिहास छ ।।

प्रविधिले जितेपछि मान्छे
हिजोलाई बिर्सिन्छ

हिजोले जन्माएको
इतिहासलाई बिर्सिन्छ
हिजोलाई बिर्सिनु भनेँको
आमा बिर्सिए जस्तै हो
सबैले भोगको

कसैले नदेखेको
हो त्यही
इतिहास लेख्न मन छ ।।

वि.सं.२०७७ वैशाख २७ शनिवार ०९:५३ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...