जीवन जिउँन कत्ति गाह्रो है ?
कोल्टे फेर्दै आँफुले,
आफैँलाई सोध्दैछन् उनी,
अनि सोच्दैँछन्,
अहो ! बडो अजब र गज्जबको छ यो जीवन ।
खुसी र सुखी हुने अभिलाषामा
कति तोडेँ बन्धनहरु
कति छोडेँ बालसखाका रहरहरु
कति सम्झिएर बिर्सिए सपनाहरु
र
कति बिर्सिएर गए बिपनाहरु
कह्यौं रहरहरुलाई स्वाहा गर्दै
कह्यौं सपनाहरुलाई बैतर्नी तार्दै
कह्यौं बिपनाहरुको आहुती दिँदै
म जिउँदैछु यो बिर्सिएको जीवन जिउँनलाई ।
म जीउँदो छु त बस् यो बिर्सिएको जीवन जिउनलाई ।
यति भन्दै, सोँच्दै उ झल्यास्स बिउँझन्छ
र,
पुनः
जीवन जिउन कत्ति गाह्रो है ?
भन्दै कर्मथलो तर्फ लम्कन्छ…!
वि.सं.२०७७ वैशाख २७ शनिवार ०९:५५ मा प्रकाशित




























