back
CTIZAN AD

कविताः प्रकृति नै डराउदा

वि.सं.२०७७ वैशाख २७ शनिवार

1.3K 

shares

अचम्मित भएँ साँच्चै-प्रकृति नै डराउदा
दैवले नै अत्याचार-गर्दै आज फसाउदा
बाढी पैरो कतै सुन्छु-गयो सारा विनाश भै
जाडो मौसमको अन्त्य-हुनै मान्दैन ए ! अझै ।।

अनिष्ट भो भनी सारा-आत्तिई जग्मगाउछन्
साँच्चै संसारको दृश्य-एकैनास बताउँछन्
भागौँ छैन कुनै बाटो-कोरोनाले जतातता
आँखा अघाडिको पर्दा-देखेर तर्सिएँ मता ।।

खोस्रिएको धरा फेरि-बाँझो जस्तै बनाउला
ढुङ्गा आकाशका झार्दै-खेती नष्ट गराउला
विकासको दियो बल्दा-आयो कोही निभाउन
ठूलो सानो सबै उस्तै-थाल्यो सारा मिलाउन ।।

खै देवी देवता पुज्दा-कुनै शान्ति भएन त
ढ्याङ्ग्रो ठोकेर तर्साए-छोडी कतै गएन त
खोर खोर भनी हाल्यो-पिँजडामा सरासर
संसारमा डुल्यो आफू-दौडिएर खराखर ।।

सुन्दा सुन्दै रुवावासी-दुख्यो छाती कठैबरी !
मध्यरात खुल्यो निन्द्रा-याद झल्किन्छ झल्झली
धैर्य गरौँ अझै थोरै-भागी जान्छ कि यो अब
जो जो बसे घरै भित्र-रहे जीवनमा सब ।।

छन्दः अनुष्टुप

 

वि.सं.२०७७ वैशाख २७ शनिवार ०९:५७ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...