back
CTIZAN AD

कोरोनालाई जितेका करिम मियाको कतारबाट कोरोना डायरी

वि.सं.२०७७ वैशाख २७ शनिवार

849 

shares

कोरोना भाइरस(कोभिड १९) लाई जितेर सामान्य अवस्थामा फर्किएका नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष करिम बक्स मियाले कोरोनाको भोगाईको अनुभव डायरीका रुपमा सार्वजनिक गरेका छन् ।

८ मे, कतार 
क्वारेन्टाइन सेन्टरको २३ नम्बर बिल्डिंगमा बस्ने Jasim Yamin Miyaजासिम भाईले एकदिन सुनाउँदै थिए एकजना बंगलादेशी र भारतीय आपसमा कुरा गर्दै थिए ‘कम्पनीको क्याम्प भन्दा त यहिं राम्रो, सबै सुविधा छ २-४ महिना यतै बस्न पाए नि हुन्थ्यो..’ मलाई लाग्यो कस्ता मूर्ख रहेछन्।

केही दिन पहिला मैले दुई भारतीयलाई आपसमा कुरा गरेको सुनें उनीहरुपनी क्वारेन्टाइन मै केही महिना बिताउन चाहन्छ्न्।

अब कुरो गरौं क्षत्री भाईको,
सुर्खेतका क्षत्री भाइ आफ्नो कम्पनीमा कसैलाई कोरोना पोजिटिभ देखिएको भरमा टेस्ट गरे, उनलाई नि पोजिटिभ नै देखियो र क्वारेन्टाइनमा आए। करीव डेढ महिना दिन भई सकेर उनको चार टेस्ट भएछ। शुरुको दुई टेस्ट पोजिटिभ देखिएको उनको तेस्रो रिजल्ट भने नेगेटिभ आयो। र उनले चौंथो टेस्टपनि दिई सके अर्थात् अबको रिजल्टपनि नेगेटिभ आएमा उनी आफ्नो कम्पनीमा जान पाउने छन्। तर यो कुराले उनी कत्ती खुशी छैनन्।

मलाई अचम्म लागेर सोधें यो साँघुरो घेरमा बस्नुभन्दा त यहाँबाट निक्लिनु राम्रो होईन र ? गज्जबको उदाहरण दिंदै उनले भने “बाहिर भनेको वनमा चराउन लगेको बाख्राको बथान् जस्तै हो गोठबाट वन अनि फरक्कै फर्केर गोठ” उनले थप्दै भने “बाहिर हामी सुरक्षित छैनौं, बाहिर भय छ, डराएर बाँच्नु पर्छ, त्यसैले मलाई केही समय यहिं बस्न मन छ, मलाई पोजिटिभ रिजल्ट नै आए हुन्थ्यो भन्ने लाग्छ।”
क्षत्री झैं धेरैको तर्क क्वारेन्टाइन मात्र सुरक्षित स्थान हो, जहाँ शंका छैन डर छैन र कुनै खतरा छैन।

क्षत्री भाईको झैं मलाई नि लाग्दैछ साँच्चै क्वारेन्टाइन भन्दा सुरक्षित स्थान अन्त छैन।

९ मे,कतार,  

कोहि लामो समय बस्दा नि खुशी, कसैलाई पोजिटिभ आएर चिन्ता, कसैलाई नेगेटिभ नै नआईदियोस् भन्ने सोच।
राष्ट्रका गफ नि हुन्छन् यहाँ, समाज र परिवारको चिन्ता नि हुन्छ यहाँ। कालोबजारी नि चल्छ। भनिन्छ जहाँ बंगलादेशी त्यहाँ स्मग्लिंङ हुन्छ नै। सुर्तीको पोको ८० रियाल, चुरोटको प्याकेट ५० रियाल।

क्वारेन्टाइन मै बस्दा कम्पनीले तलव हाल्देकोमा मख्ख छन् केही, अधिकांश भने तलव रोकि दिएकोमा दुखी छन् पोखराका नेपाली भाइ दैनिक कम्पनीमा फोन गरेर तलव नहाल्देको गुनासो गरि रहन्छन्।

सबैका आ-आफ्नै बानी र अम्मल, कसैलाई सुर्ती खान नपाएर पिरलो, कसैलाई चुरोटको तलतल, साथिभाईसँग गफिंदा लमजुङे दाई दुई चारपटक र तीनपानेको चर्चा गरेरै छोड्छन्। ‘बाहिर निक्लिन मात्र पाम न; १८० पर्ने बोतल र सिंगो कुखुरो लिएर बन्द कोठामा एक्लै नबसे त!’ उनको त तमन्नै छ।

हात खुट्टाका जोर्नी दुखे, मलाई त अफ्ठेरो भयो भनेर १६००० मा स्वास्थ्य परामर्श लिई रहने एकजना भाईले कताबाट सुर्ती खान पाएछन् कुन्नी अहिले ‘ठिक छु’ भन्छन् ।

पोखराका थापामगर नेगेटिभ पछि पोजिटिभ आएर रनथनिएका छन्। उता कुँवर थरका गुल्मेली बुढा भने एकपटक नेगेटिभ आउँदा प्राय: सँग बोल्नै छोडी दिए, २ मिटरको दुरीमा बस भन्दै हिंड्छन् उनी।

नुन, बेसार, अदुवा, सह्सुन हरु त यहाँ अमृत नै हुन्।

मेरो नि आफ्नै व्यथा छ।
म एउटा बिल्डिंगमा बस्छु मेरो नाम चैं अर्को बिल्डिंगमा परेछ। टेस्टको लागि नर्सहरु मलाई खोज्न २५ नम्बरको बिल्डिंगतिर जान्छन् म बबुरो १८ नम्बरतिर रन्थनिएको हुन्छु। क्वारेन्टाइनको बार(जालीको पर्खाल)भित्र उभिएर अनुनय गर्दैमा मेरो दैनिकी बित्ने गर्छ।

वि.सं.२०७७ वैशाख २७ शनिवार १४:५८ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...