back
CTIZAN AD

बालुवाटारको नेपाल हाउसमा तरकारी बजार शुरु

वि.सं.२०७७ वैशाख ३१ बुधवार

1.6K 

shares

३१ वैशाख, काठमाडौँ । काठमाडौँको बालुवाटारस्थित नेपाल हाउस बेकरी क्याफे एण्ड कन्फरेन्स सेन्टरमा तरकारी बजार शुरुवात भएको छ ।

अष्ट ज अभियानका अध्यक्ष लोककृष्ण भट्टराई, काठमाडौँ महानगरपालिका कृषि विभाग प्रमुख हरि भण्डारी र काठमाडौँ महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष मोहन विष्टले तरकारी किनेर बजारको शुरुवात गरेका हुन् ।

अष्ट ज कृषि सहकारीको व्यवस्थापन तथा काठमाडौँ महानगरपालिकाको सहयोगमा सञ्चालित सो बजारमा विभिन्न थरीका ताजा तरकारी बिक्रीको शुरुवात गरिएको अष्ट ज कृषि सहकारीका चन्द्रप्रसाद पौडेलले बताएका छन् । लकडाउनको असहजतामा टोलटोलमा तरकारी बजार स्थापना गरी नागरिकको सेवा दिने उद्देश्यले महानगरका विभिन्न ठाउँमा यस्तो सेवा केन्द्र खोलिँदै आएको र यस्तो सेवा बिस्तार हुँदै जाने बताएका छन् भने वडा नं ४ का वडा अध्यक्ष मोहन विष्टले वडावासीलाई ताजा तरकारी उपलब्ध गराउन प्रयास गरेकोमा धन्यवाद दिएका छन् ।

अष्ट ज अभियानका अध्यक्ष लोककृष्ण भट्टराईले ‘विपद्को बेला नागरिकको सेवा’ का लागि यस्तो प्रयास गरिएको बताएका छन् भने सहकारीका व्यवस्थापक हिमाञ्चलराज भट्टराईले उत्पादक देखि उपभोक्ता(उ देखि ऊ) सम्मको सैद्धान्तिक मान्यतामा सहकारी अडिग रहेको बताए । सो अवसरमा सहकारीका अध्यक्ष रुद्र शर्माले ताजा तरकारी बजार सेवाका लागि नेपाल हाउस परिवारद्वारा निःशुल्क स्थान उपलब्ध गराइएको घोषणा गरेका छन् ।

बजारको संयोजन गरिरहेका अष्ट ज अभियन्ता कुश्माखर अधिकारीले बोडी, काउली, खुर्सानी, निउरो, करेला, लौका, चिचिण्डो, गोलभेंडा, भण्टा, च्याउ लगायतका १५ थरी तरकारी शुरुवातमै उपलब्ध भएको बताएका छन् भने बजार टास्क फोर्सका सदस्य तथा कृषक अभियन्ता पुष्कर केसीले ताजा र सुपथ बजारका लागि अष्ट ज कृषि सहकारी सक्रिय हुने बताएका छन् ।

बिक्रि व्यवस्थापन गरिरहेका राजन गोतामेले व्यवस्थित रुपले सुपथ मुल्य सार्वजनिक गरेर सेवा अघि बढाउने बताएका छन् ।

सो तरकारी बजार बालुवाटारको चिनीया दूतावास देखि ठिक १०० मिटर र राष्ट्र बैंकबाट ठिक १०० मिटरको बिचमा नेपाल हाउसमा सञ्चालन गरिएको छ । तरकारी किन्न जाने ग्राहकलाई सेनिटाइजर तथा तापमान लिएर निःशुल्क प्रवेश अनुमतिको व्यवस्था गरिएको छ । आयोजकका अनुसार बिहान ५ बजे देखि ठिक ९ बजेसम्म सेवा सुचारु हुनेछ ।

वि.सं.२०७७ वैशाख ३१ बुधवार १०:३४ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...