back
CTIZAN AD

यसकारण रोकियो आज बस्ने भनिएको नेकपाको स्थायी समितिको बैठक

वि.सं.२०७७ वैशाख ३१ बुधवार

705 

shares

३१ बैशाख, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगीत भएको छ ।

देशमा कोरोनाको संक्रमण बढ्दै गएपछि थप सुरक्षा सतर्कता अपनाउँदै केही दिनका लागि बैठक स्थगीत गरिएको हो ।

सुरक्षा तथा स्वास्थ्य सम्बन्धी निकायले झण्डै ४०–५० को संख्यामा उपस्थिति रहने उक्त बैठकमा कोरोनाको उच्च जोखिम रहेको र सबैको पिसीआर टेष्ट गरेपछि मात्र बैठक बस्न सुझाव दिएकोले बैठक केही समयका लागि रोकिएको हो ।

यसैगरी नेकपाका नेता तथा पूर्वगृहमन्त्री भिम रावलको सुरक्षा गार्डमा पनि कोरोना संक्रमण देखिएको समाचार पनि बाहिर आएका छन् ।

त्यसैगरी उपत्यकामै पनि कोरोना संक्रमित देखिएको र थप सतर्कता अपनाउनुपर्ने भन्दै सरकारले संघीय सांसदहरुलाई उपत्यका बाहिर जान रोक लगाएको छ ।

स्मरण रहोस् केहि दिन अघि मात्र प्रतिनिधिसभा र राज्यसभाका सबै सांसदहरुको पिसीआर टेष्ट गरेपछि मात्र संसदको बैठक बसेको थियो ।

वि.सं.२०७७ वैशाख ३१ बुधवार १०:११ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...