back
CTIZAN AD

युएईमा कोरोनाका कारण मंगलबार दुई नेपालीको मृत्यु

वि.सं.२०७७ वैशाख ३१ बुधवार

693 

shares

३१ बैशाख, यूएई । कोरोनाका कारण युएईमा मंगलबार दुई नेपालीको मृत्यु भएको छ ।

युएईको आवुधाविमा एक रेष्टुरेण्टमा कार्यरत अर्घाखाँचीका ३९ वर्षीय र युएईकै अलऐनमा कार्यरत ठेगाना नखुलेका अर्का एक नेपालीको मृत्यु भएको हो ।

कोरोना सङ्क्रमणका कारण लामो समयदेखी उपचाररत अर्घाखाँचीका युवालाई कोरोना सङ्क्रमण हुनासाथ आबुधावीको ब्रुजेल अस्पतालमा भर्ना गरिएको थियो । अवस्था नाजुक बन्दै गएपछि उनलाई अलऐनको ब्रुजेल अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

उनको कोरोना संक्रमणको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले परिवारलाई जानकारी दिएको छ । साथै अघिल्लो सातामात्रै अर्घाखाँचीकै अर्का एक युवाको पनि कोरोना संक्रमणका कारण ज्यान गएको थियो ।

पछिल्लो समय यूएईमा कार्यरत नेपालीमा कोरोना सङ्क्रमण बढे पनि राष्ट्रियता नखुलाइदिँदा दूतावासले सङ्क्रमित नेपालीको यकिन विवरण दिन सकिरहेको छैन ।

वि.सं.२०७७ वैशाख ३१ बुधवार १०:०० मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...